.jpg)
गुल्मी, जिल्लाका उद्यमीहरुलाई व्यवसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रिया सम्बन्धी सहजीकरण गरिएको छ । उद्यमीहरुलाई व्यवसायिक योजना बनाउन र व्यवसायीलाई आवश्यक पर्ने ऋण लिने प्रक्रियामा सहज बनाउन सहजीकरण गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लाका विभिन्न क्षेत्रका उद्यमीहरुलाई एक कार्यक्रमको आयोजना गरी सहजीकरण गर्ने काम गरेको छ ।
उद्यमीहरुले आफ्नो व्यवसाय गर्दा व्यवसायिक योजना तयारी र ऋण कसरी लिने, कहाँबाट लिने भन्ने जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । कार्यक्रमम घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लक्ष्मण घिमिरले व्यवसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रिया सम्बन्धी विभिन्न जानकारी मुलक प्रस्तुती राखेका थिए । सहभागीलाई वित्तिय सेवामा पहुँच तथा वित्त व्यवस्थापन सम्बन्धी जानकारी समेत गराइएको थियो कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले घरेलु उत्पादनलाई राज्यले जति प्रथामिकता दिनुपर्ने हो त्यति दिन नसकेको बताए । उद्यम गर्दै गर्दा व्यवसायिक शिक्षाको कमी भएको पौडेलले बताए । उत्पादन भएका वस्तुलाई आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती रहेको उनको भनाई छ । बजारीकरणका लागि उचित तालिम र व्यवसायिक सहुलियत कर्जा प्राप्ति कसरी गर्न सकिन्छ भनेर त्यसमा पहल गर्नुपर्नेमा पौडेलले जोड दिए । कार्यक्रममा चौथो गुल्मी महोत्सवमा घरेलु क्षेत्रबाट उत्पादित वस्तुहरुको प्रर्दशनमा सहभागिहरुलाई प्रमाण पत्रले सम्मान गरिएको थियो । व्यवसायिकहरुले महोत्सवमा आफना उत्पादनलाई सबै सामु चिनाउन सफल भएको बताएका थिए । यसले गर्दा बजारीकरणमा टेवा पुग्ने अपेक्षा व्यवसायिहरुको छ ।