Shittalpati
मदनपोखरा सहकारीको अध्यक्षमा घिमिरे
मदनपोखरा सहकारीको अध्यक्षमा घिमिरे मदनपोखरा संगम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा घनश्याम घिमिरे चयन भएका छन् । सहकारीको चौंथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।
नौरथा लागेपछि नेप्से परिसूचकमा सुधार
नौरथा लागेपछि नेप्से परिसूचकमा सुधार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ९२ अङ्कले उकालो लागेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँचमा पुगेको छ ।
विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर
विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको छ  । बैंकले दसैं, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको हो । बैंकले पोइन्ट अफ सेल (पस) को माध्यमवाट प्रतिकारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाइपमा पैसा फिर्ता (क्यास ब्याक)...
एनआईसी एशिया बैंकले दक्षिणा दिने
एनआईसी एशिया बैंकले दक्षिणा दिने एनआईसी एसिया बैंकले बडा दसैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा दक्षिणा दिने भएको छ । बैंकको ‘एनआईसी एसियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजनामा सहभागी हुनेलाई दक्षिणा दिने भएको हो । योजना अनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको...
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक टेन्डर आह्वान गरिए पनि एउटा पनि आवेदन परेको छैन । आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तेस्रो पटक टेन्डर गर्ने तयारी गरेको बताइएको छ ।
कुमारी बैंकको डिबेञ्चर बाँडफाँट
कुमारी बैंकको डिबेञ्चर बाँडफाँट कुमारी बैंकले निष्कासन गरेको ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०७९’ बाँडफाँट भएको छ । भदौ १७ देखि ३१ सम्म निष्कासन गरेको उक्त ऋणपत्र बैंकले बाँडफाँट गरेको हो । बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ऋणपत्र अंकित मूल्य प्रतिकित्ता १ हजारका दरले ३ अर्ब बराबरको ३० लाख कित्ता...
बूढानीलकण्ठका सात स्थानमा घरबास सेवा
बूढानीलकण्ठका सात स्थानमा घरबास सेवा बूढानीलकण्ठ नगरपालिकाका विभिन्न सात स्थानमा ‘होमस्टे’ (घरबास सेवा) सञ्चालन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउन आकर्षण गर्न सम्भावित सात स्थानमा ‘होमस्टे’ सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको हो ।
आयोगबाट रकमान्तरको विवरण माग
आयोगबाट रकमान्तरको विवरण माग निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएपछि चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट बाहिरबाट रकमान्तर गरिएको विवरण अर्थमन्त्रालयसँग माग गरेको छ ।
गुल्मीका भरतलाई दुबईमा ३५ करोडको चिठ्ठा पर्यो
गुल्मीका भरतलाई दुबईमा ३५ करोडको चिठ्ठा पर्यो कामको शिलशिलामा दुबई पुुगेका गुुल्मीका ३१ वर्षीय भरत विककालाई ३५ करोडको चिठ्ठा परेको छ । उनलाई महजूज चिठ्ठामा लक्की ड्रमार्फत एक करोड दिराम अर्थात् नेपाली झण्डै ३५ करोड परेको हो ।
कुमारी बैंकको ‘धनवृद्धि रिकरिङ्ग मुद्दती’ योजना
कुमारी बैंकको ‘धनवृद्धि रिकरिङ्ग मुद्दती’ योजना कुमारी बैंक लिमिटेडले ‘धनवृद्धि रिकरि मुद्दती’ योजना ल्याएको छ । बैंकले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणा वृद्धि गर्ने विशेष योजना ल्याएको हो । ग्राहकहरूले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्यूतम १० हजारदेखि १० लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरी धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् ।
Weather Update