पाल्पा, जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेले सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनु पर्ने बताएका छन् । शनिबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको २३ औं वार्षिक साधारण सभा तथा सातांै अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उनले अबको आवश्यकता भनेको प्रविधियुक्त सहकारी बनाउनु रहेको बताएका हुन् ।
पाण्डेले सहकारीहरु प्रविधिमैत्री बन्न नसक्ने हो भने सहकारी अभियानले गति लिन नसक्ने धारणा व्यक्त गरे । उनले पुँजीमार्फत शेयर सदस्यहरुलाई प्रविधि र उत्पादनसँग जोड्न सहकारी सञ्चालकहरुलाई आग्रह गरे । प्रमुख अतिथि समेत रहेका पाण्डेले सहकारीमा ठूलो मात्रमा पुँजी संकल भएको तर त्यसको सही उपयोग हुन नसकेको बताए । प्रविधि र उत्पादनसँग नजोड्दासम्म सहकारीहरु फ्ष्टाउन नसक्नेमा उनले जोड दिए । पाण्डेले सहकारीको विकल्पमा अन्य संस्थाहरु आएकाले सहकारीलाई प्रविधिसँग जोड्नुको विकल्प नभएको बताए । उनले भने ‘सहकारीलाई प्रविधिमैत्री बनाइएन भने सहकारीमा रहेको पुँजी अन्य संस्थाहरुमा जान सक्ने खतरा बढेको छ, यसतर्फ सहकारी सञ्चालकहरु चनोखो हुनुपर्ने बेला आएको छ ।’ अब सहकारीको कारोबार खातापातामा नभई सफ्टवयरमा राख्नुपर्नेमा पाण्डेले जोड दिए । डिजिटल संसारले संस्था र सामूहिक उद्यमशीलताका नयाँ मोडेल देखाइरहेकाले सहकारीलाई पनि प्रविधिसँग जोडेर प्रभावकारी बनाउन सबै सहकारी सञ्चालकहरु लाग्नुपर्ने उनले बताए । पाण्डेले सहकारीमा रहेको पुँजीको सही उपयोग गर्न नसक्दा सहकारीमा विचलनको अवस्था सिर्जना भएकोमा चिन्ता व्यक्त गरे । उनले नाफा कमाउने ध्याउन्नमा नलाग्न सहकारी सञ्चालकहरुलाई समेत आग्रह गरे । पाण्डेले पुँजीलाई व्यवस्थित बनाउन सहकारी संस्थाहरु नीति, विधि र पद्धतीमा हिड्नुपर्ने बताए । उनले अहिलेका केही सहकारीहरु नीति, विधि र पद्धती अनुरुप सञ्चालन हुन नसकेका कारण सहकारी बदनाम हुन पुग्ने अवस्था सिर्जना भएको बताए ।
संघका अध्यक्ष जगदीश भट्टराईले बचत र ऋणको कारोबार गर्ने सहकारीहरुको हित र प्रवद्र्धनमा संघ खुलेर लागेको धारणा व्यक्त गरे । उनले जिल्लाको वित्तिय सुशासनमा केही कमी आएकाले व्यापक छलफल गर्नुपर्ने बेला आएको बताए । अध्यक्ष भट्टराईले अर्थतन्त्रको तीन खम्बे नीति अन्तर्गत सहकारी एक भए पनि सहकारीमा देखिएको समस्या समाधानमा तीनै तहकार सरकार गम्भीर बन्न नसकेको बताए । उनले भने ‘सहकारीले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएका छन्, तर तिनीहरुको प्रवद्र्धन र विस्तारमा सरकारको कुनै पनि ध्यान छैन ।’ प्रत्येक परिवारका सदस्यहरु सहकारीमा जोडिएकाले सहकारीको प्रवद्र्धनमा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा अध्यक्ष भट्टराईले जोड दिए । उनले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै आगामी कार्यक्रमका बारेमा समेत जानकारी गराए थिए । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु धुर्वराज अधिकारी, टिकाराम भण्डारी, सराङकोट स्वाबलम्वन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निर्मल खनाल लगायतले सहकारीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । संघका लेखा समितिका संयोजक टेकुराम गाहाले लेखा संयोजकको प्रतिवेदन प्रस्तुत गरेका थिए । संघले पूर्व अध्यक्षहरु धुर्वराज अधिकारी, टिकाराम भण्डारी र लेखा समितिका संयोजक टेकुराम गाहालाई सम्मान समेत गरेको थियो । सभाको उद्घाटन सत्र संघका अध्यक्ष जगदीश भट्टराईको अध्यक्षता, उपाध्यक्ष होमनाथ न्यौपानेको स्वागत, सचिव धनबहादुर रायमाझीको सञ्चालनमा भएको थियो ।