Shittalpati
कुसुम सहकारीको आगामी यात्रा कृषि प्रवद्र्धन

पाल्पा, पाल्पाको तानसेनमा प्रधानकार्यालय रहेको कुसुुम बहुउद्देश्यीय सहकारीले कृषि प्रवद्र्धनलाई जोड दिने भएको छ । सहकारीको बुटवल र पाल्पामा भएको प्रथम साधारण सभाले कृषि प्रवद्र्धनसँगै होमस्टे, कुुसुुम एकिकृत बस्ती, मिट मार्ट, बहुुउद्देश्यीय मार्ट जस्ता कार्यक्रमहरुलाई अगाडि बढाउने नीति तथा कार्यक्रम पारित गरेको छ । सोही नीति तथा कार्यक्रम अनुुसार सहकारीले कृषिलाई केन्द्रमा राखेर लगानी गर्ने भएको हो । पाल्पामा भएको सहकारीको साधारण सभामा संस्थाका अध्यक्ष सुरेश ढकालले पाल्पा, गुल्मी र बुटवललाई केन्द्रीत गरी कृषि उपज संकलन केन्द्र मिट मार्ट, होमस्टे, कृषि फार्म, बहुुउद्देश्यीय मार्ट र कुुसुुम एकिकृत वस्ती सहितको परियोजना साधारण सभाबाट पारित गराएका हुन् । अध्यक्ष ढकालले शेयर सदस्यहरुको जीवनस्तर उकास्न उनीहरुलाई कृषि जस्ता आयआर्जनका कार्यक्रमहरुसँग जोड्न थालिएको बताए । उनले भने ‘हामी ठाउँ र परिवेश अनुसार यी कार्यक्रमहरु गर्ने छौं ।’

सहकारीले पाल्पामा कृषिफर्म, होमस्टे, मिट मार्ट सञ्चालन गर्ने छ । यस्तै उसले गुल्मीमा कृषि उपज संकलन केन्द्र र बुुटवलमा बहुुउद्देश्यीय मार्ट र एकिकृत वस्ती निर्माण गर्ने छ । सहकारीको ४ करोड २८ लाख १९ हजार कूल पँुजी रहेको छ । जसमा ८ सय ३ जना शेयर सदस्य आवद्ध रहेका छन् । सहकारीको प्रधान कार्यालय तानसेनमा भएको साधारण सभा लुम्बिनी प्रदेशका सांसद खेम बहादुर सारुले उद्घाटन गरेका थिए । सभाको उद्घाटन गर्दै उनले सहकारीले देशको अर्थतन्त्रमा ठूलो योगदान पुुर्‍याएको बताए । उनले कुसुुम सहकारीले छोटो समयमा आर्थिक समृद्धिको दिशामा आफुलाई आगाडि बढाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्रालयका निर्देशक भिमार्जुन पाण्डे, जिल्ला सहकारी संघ पाल्पाकी उपाध्यक्ष सारदा नेपाल लगायत सहकारीको सफलताको शुुभकानमा व्यक्त गरेका थिए । संस्थाका लेखा संयोजक रामप्रसाद ढकालले लेखा प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्कीले व्यवस्थापकिय प्रतिवेदन, कोषाध्यक्ष रेशमराज सुुवेदीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । संस्थाका सहसचिव मथुरा पराजुलीको स्वागत, अध्यक्ष सुरेस ढकालको अध्यक्षता, शिक्षा समितिका सहसंयोजक हिरा आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

यस्तै सहकारीले उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचत, स्थानीय, प्रदेश र प्रतिनिधि सभाका निर्वाचित सदस्यहरु, पाल्पा उद्योग वाणिज्य संघमा निर्वाचित र संस्थामा आवद्ध पत्रकारहरुलाई सम्मान समेत गरेको थियो । यस्तै बुटवल शाखाले आयोजना गरेको साधारणसभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य चिन्तामणि पाण्डेले कृषि क्षेत्रमा सहकारीले लगानी बढाउनुपर्ने बताए । उनले सहकारीले बचत तथा ऋणको मात्रै काम गर्न नहुने भन्दै अब, उत्पादनशिल क्षेत्रमा समेत लाग्नुपर्ने बताएका थिए । होटल व्यवसायी महासंघका केन्द्रीय निर्वतमान अध्यक्ष तथा सहकारीका सल्लाहकार हिराध्वज शाहले सहकारीमा बचतकर्ताको लगानी सुरक्षित हुनुपर्ने भन्दै ससानो पुँजीबाट स्थापना भएको सहकारीले पुँजी एकिकृत गरी परियोजना सञ्चालन गरी गरिबी निवारण तथा रोजगारी प्रव्रद्र्धनको क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए । कार्यक्रममा संस्था उपाध्यक्ष जगतशेखर ढकालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दे निकट भविश्यमा सहकारीले कृषि परियोजना मार्फत लगानी बढाउने बताएका थिए । यस्तै कार्यक्रममा संस्थाका सचिव बुद्धिसागर शर्मा, कोषाध्यक्ष रेशमराज सुवेदी लगायतले आ–आफ्ना धारण राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सञ्चालक परशुराम ढकाल, व्यवस्थापक विजय ढकाल लगायतले शुभकामना राखेका थिए । पाल्पा, रुपन्देही र गुल्मीमा शाखा कार्यालयमार्फत सहकारीले काम गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update