कुमारी र एनसीसी बैंकले एकीकृत कारोबार गर्दै
बिहीबार, पुस १४, २०७९
मेगा र इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा
बुधबार, पुस १३, २०७९
मेगा बैंक नेपाल र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा गएका छन् । मेगा बैंकको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेसँगै मर्जर प्रक्रियामा गएका हुन् ।
कोरियाका गाई नेपालमा
मंगलबार, पुस १२, २०७९
दक्षिण कोरियाका गाई नेपाल ल्याइएको छ । हेफर कोरियाले नेपाललाई १ सय १ उन्नत जातका गाई नेपाल पाठाएको हो । जहाजमार्फत गाई नेपाल ल्याइएको छ । कोरियाका कृषकले नेपाललाई अनुदान–उपहार स्वरुप बाछी र २० साढे दिएको छ । ति गाईहरू अहिले सिन्धुली पुर्याइएको छ ।
प्राधिकरणले पायो फ्रिक्वेन्सी अनुमति
सोमबार, पुस ११, २०७९
नेपाल विद्युत प्राधिकरणले रेडियो फ्रिक्वेन्सीको अनुमति पाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा चार वर्षदेखि अड्किएको रेडियो फ्रिक्वेन्सीको अनुमति प्राधिकरणले पाएको हो ।
ग्लोबल बैंकको गुल्मीसहित देशभर आठ नयाँ शाखारहित सेवा विस्तार
सोमबार, पुस ११, २०७९
ग्लोबल आइएमई बैंकले गुल्मीसहित देशभर ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गुल्मीको मुसिकोट नगरपालिका वडा ४ बडागाउँ नेटा र वडा २ देउरालीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले वामी शाखा अन्तर्गत रहने बडागाउँ नेटाको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय बोमबहादुर छन्तेल र...
तानसेन सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा पोखरेल
आइतबार, पुस १०, २०७९
तानसेन बचत तथा ऋण तथा सहकारी संस्था लिमिटेड तानसेन पाल्पामा नयाँ नेतृत्व आएको छ । संस्थाको तानसेनमा भएको १४ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट नयाँ नेतृत्व आएको हो ।
नेपाललाई गहुँ आयात गर्न भारतले दियो अनुमति
शनिबार, पुस ९, २०७९
नेपाललाई गहुँ आयात गर्न भारत सरकारले अनुमति दिएको छ । भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । उसले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि भारतले आधिकारीक स्वीकृत दिएको थिएन ।
लुम्बिनीमा सडक खाना महोत्सव हुँदै
शुक्रबार, पुस ८, २०७९
लुम्बिनीमा यही पुस १६ गत नवौँ सडक खाना तथा सांस्कृतिक महोत्सव हुने भएको छ । लुम्बिनी होटल संघ नेपालको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारी लुम्बिनीमा सडक खाना महोत्सवको आयोजना हुँदैछ ।
तानसेनमा सानिमा बैंकले गर्याे रक्तदान कार्यक्रम
बिहीबार, पुस ७, २०७९
सानिमा बैंक तानसेन शाखाले रक्तदान कार्यक्रम गरेको छ । बैंकले स्थापनाको १८ औँ वार्षिकोत्सवको अवसर पारेर बुधबार तानसेनमा रक्तदान कार्यक्रम गरेको हो ।
बिजुलीबाट ११ अर्ब १६ करोड
बुधबार, पुस ६, २०७९
पछिल्लो समय नेपालले बिजुली भारत निर्यात गर्र्दै आएको छ । नेपालमा उत्पादन गरिएको बिजुली खपत गरी बढी भएको नेपाल विद्युत प्राधिकरणले भारत निर्यात गर्दै आएको हो ।
इन्धनको मूल्य घट्यो
आइतबार, पुस ३, २०७९
नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार रातीदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । भारतबाट घटेको मूल्य आएसँगै निगमले पेट्रोल, डिजल मट्टीतेलको मूूल्य घटाएको छ । घटेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोल १ सय ७८ र डिजेल, मट्टीतेल १ सय ७५ पर्नेछ...
फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा
शुक्रबार, पुस १, २०७९
फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले आफ्नो साधारण सभा तथा सातौं अधिवेशनको अवसरमा फरक क्षमताका विद्यार्थीहरु अध्ययन गर्दै आएको रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
पाल्पामा पनि चर्को ब्याजदरको विरोध, उद्योगी–व्यवसायीले पठाएर अर्थमन्त्रीलाई पत्र
बुधबार, मंसिर २८, २०७९
पछिल्लो समय देशभर चर्को ब्याजदरको विरुद्धमा आवाज उठेको छ । राष्ट्र बैंकले ब्याजदर अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै देशैभरका उद्योगी, व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । पाल्पामा पनि उद्योगी–व्यवसायीहरु अस्वभाविक रूपले बढेको ब्याजदरले अर्थतन्त्रलाई नकारात्मक असर परेको र अव्यवहारिक भएको भन्दै त्यसको विरुद्धमा उत्रिएका छन् ।


