Shittalpati
इन्धनको मूल्य घट्यो
इन्धनको मूल्य घट्यो नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार रातीदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । भारतबाट घटेको मूल्य आएसँगै निगमले पेट्रोल, डिजल मट्टीतेलको मूूल्य घटाएको छ । घटेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोल १ सय ७८ र डिजेल, मट्टीतेल १ सय ७५ पर्नेछ...
फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा
फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले आफ्नो साधारण सभा तथा सातौं अधिवेशनको अवसरमा फरक क्षमताका विद्यार्थीहरु अध्ययन गर्दै आएको रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
पाल्पामा पनि चर्को ब्याजदरको विरोध, उद्योगी–व्यवसायीले पठाएर अर्थमन्त्रीलाई पत्र
पाल्पामा पनि चर्को ब्याजदरको विरोध, उद्योगी–व्यवसायीले पठाएर अर्थमन्त्रीलाई पत्र पछिल्लो समय देशभर चर्को ब्याजदरको विरुद्धमा आवाज उठेको छ । राष्ट्र बैंकले ब्याजदर अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै देशैभरका उद्योगी, व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । पाल्पामा पनि उद्योगी–व्यवसायीहरु अस्वभाविक रूपले बढेको ब्याजदरले अर्थतन्त्रलाई नकारात्मक असर परेको र अव्यवहारिक भएको भन्दै त्यसको विरुद्धमा उत्रिएका छन् ।
शुभम पावरले आइपिओ निष्कासन गर्दै
शुभम पावरले आइपिओ निष्कासन गर्दै शुभम पावर लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको हो । कम्पनीले आगामी पुस ६ देखि प्रतिकित्ता १ सय रुपैयाँ अति दरमा ५८ हजार ५८ कित्ता बराबरको आइपिओको बिक्री खुला गर्ने भएको हो ।
कानुङ्ग मै महिला समूहद्वारा आश्रमलाई सहयोग
कानुङ्ग मै महिला समूहद्वारा आश्रमलाई सहयोग जिल्लाको तानसेन नगरपालिका २ मेहलधारामा रहेको कानु मै महिला समूहले भूषालडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।
माया खोला हाइड्रोपावरको आईपीओ खुला
माया खोला हाइड्रोपावरको आईपीओ खुला शुक्रबारदेखि अर्को हाइड्रोपावर कम्पनीले आईपीओ खुला गरेको छ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा प्रतिकित्ता एक सय रुपैयाँ अड्ढित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको जनाएको...
बाराही हाइड्रोपावरको आईपीओ खुला
बाराही हाइड्रोपावरको आईपीओ खुला बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो । धेरै समयपछि आइपीओ खुला गरिएको छ ।
विद्यार्थी र लगानीकर्तालाई तानसेनमा सेयर बजारबारे शिक्षा
विद्यार्थी र लगानीकर्तालाई तानसेनमा सेयर बजारबारे शिक्षा पछिल्लो समय नेपालमा सेयरको आकर्षण बढेर गएको छ । आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो । अधिकांश सर्वसाधारण, जसलाई सेयरका बारेमा चासो छ तर सेयर बजार के हो ? र कसरी किनबेच गर्ने भन्ने विषयमा भने निकै कमलाई थाहा छ । सेयर बजारबारे सामान्य...
पाल्पा उद्योग वाणिज्य संघमा पद हस्तान्तरण
पाल्पा उद्योग वाणिज्य संघमा पद हस्तान्तरण पाल्पा उद्योग वाणिज्य संघको नव निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको छ । संघको अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा अन्य पदाधिकारीलाई बुधबार एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको हो । नव निर्वाचित अध्यक्ष शैलेन्द्र भट्टराईलाई निवर्तमान अध्यक्ष राजु महर्जनले पद हस्तान्तरण गरेका थिए ।
आईएमईले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित
आईएमईले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित रेमिट्यान्स कम्पनी आईएमईले सर्वसाधरणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा भएको कम्पनीको २२ औं साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो ।
इन्भेष्टमेन्ट बैंकलाई ‘बैंक अफ दि इयर अवार्ड’
इन्भेष्टमेन्ट बैंकलाई ‘बैंक अफ दि इयर अवार्ड’ नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले ‘बैंक अफ दि इयर अवार्ड’ जितेको छ । बैंकले छैटौं पटक प्रतिष्ठित फाइनान्सियल टाइम्स, ‘बैंक अफ द इयर २०२२’ अवार्ड जितेको हो । एनआईबीएल बैंक सन् २०२२ को लागि देशको ‘उत्कृष्ट बैंक’ छनोट भएको हो ।
वैदेशिक रोजगारीमा रहेकालाई खुल्यो आईपीओ
वैदेशिक रोजगारीमा रहेकालाई खुल्यो आईपीओ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि पहिलो पटक प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरिएको छ । कालिन्चोक दर्शनले एक लाख ८ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
Weather Update