Shittalpati
पाल्पाको रम्भाबाट ३ सय ७२ बोरा अवैध युरिया मल बरामद

पाल्पा, जिल्लाको रम्भा गाउँपालिकाबाट ३ सय ७२ बोरा अवैध युरिया मल बरामद भएको छ । भारतीय बजारबाट भन्सार छलेर ल्याइएका २ लाख ९७ हजार ६ सय मूल्य बराबरका ३ सय ७२ बोरा युरिया मल रम्भा –१ हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डबाट बरामद भएको हो ।
 

शनिबार विहान नवलपरासीबाट रामपुरतर्फ मल लिएर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकबाट उक्त मल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । 

 शंका लागेर चेक जाँच गर्ने क्रममा हुँगी प्रहरी चौकीले  विल नभएको भारतीय जनउर्वरक परियोजना भारत युुरिया नामक १६७४० केजीको मल नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अवैध मल स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update