वैशाख १४ गतेदेखि हुन लागेको पाल्पा महोत्सव टुँडिखेलमा हुने
बुधबार, चैत २२, २०७९
आठ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा
बुधबार, चैत २२, २०७९
सरकारले ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो ।
शिक्षकलाई ऋण
मंगलबार, चैत २१, २०७९
बागलुङको जैमिनी नगरपालिकाको शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म सञ्चालन गरेको विज्ञ सम्मेलनको समापनपछि घोषणापत्र जारी गर्दै नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना गरी शिक्षकलाई आवश्यक शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।
‘सहकारी दिवस’ले जगाएको उत्साह
मंगलबार, चैत २१, २०७९
पछिल्लो समय एकपछि अर्को सहकारी भाग्ने क्रम बढेको छ । आर्थिक विचलनका कारण निक्षेप दिन नसकेपछि कतिपय सहकारी बन्द गरेर भागेका समाचारले सहकारी संस्थामा आवद्ध सदस्यहरु चिन्तित बनिरहेका बेला यस वर्षको सहकारी दिवसले भने केही उत्साह जगाएको छ । पाल्पामा सञ्चालित सहकारीहरुमा त्यस्तो कुनै घटना नभए पनि देशका अन्य ठाउँमा...
एकल पुरुषलाई मासिक भत्ता
मंगलबार, चैत २१, २०७९
गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ । गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक एक हजारका दरले भत्ता वितरण गरिएको हो ।
तानसेनमा सहकारी दिवसमा निकालियो सचेतना र्याली
सोमबार, चैत २०, २०७९
तानसेनमा ‘सहकारीको दिगोपन : स्वनियमन र सुशासन’ नारासहित ६६ औँ सहकारी दिवस मनाइएको छ । तानसेन नगरपालिका, जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको कार्यक्रममा सचेतनामूलक र्याली निकालिएको हो ।
आज सहकारी दिवस : पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइदैं
सोमबार, चैत २०, २०७९
आज राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैंछ । पाल्पामा पनि ६६ औं दिवस भव्य रुपमा मनाउन लागिएको छ । यहाँका १० वटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा दिवस मनाइदैं छ । स्थानीय सरकार, जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघले विभिन्न सचेतनामूलक कार्यक्रम...
किसानलाई कृषि उपकरण प्रदान
आइतबार, चैत १९, २०७९
बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविक मल लगायतका सामग्री र उपकरण उपलब्ध गराएको...
यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ योजना
आइतबार, चैत १९, २०७९
नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले आफ्ना ग्राहरुका लागि नयाँ वर्ष विशेष योजना ल्याएको छ । ग्राहकहरुको मागलाई मध्यनजर गर्दै हरेक वर्ष नयाँ–नयाँ योजना तथा उपहार ल्याउर्दै आएका यामाहाले यस पटक ‘पावर अफ फाइभ’ नामक विशेष योजना ल्याएको हो ।
तयार भयो बजेट तर्जुमा कार्यतालिका
शनिबार, चैत १८, २०७९
गामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमासहितको कार्यतालिका तयार पारेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र बजेट तर्जुमा दिग्दर्शनमा भएको व्यवस्थाअनुसार मन्त्रालयले आगामी आवको ‘बजेट क्यालेन्डर’ तयार पारेको हो ।
सुन बिक्री भएन
शनिबार, चैत १८, २०७९
पछिल्लो केही समय यता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अत्याधिक बढेपछि नेपाली बजारमा विक्री हुन छोडेको छ । सुनको मूल्य बढ्दा व्यवसायीले नेपाली बैंकबाट सुन किन्न छाडेका छन् । देशमा आर्थिक मन्दीका कारण आमसर्वसाधारणमा पैसा नभएकाले पनि बजारमा सुनको माग हुन छोडेको हो ।
महिलाले खोले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’
शुक्रबार, चैत १७, २०७९
स्याङ्जाको वालिङमा महिलाद्वारा सञ्चालित गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’ सञ्चालनमा ल्याएको छ । सहकारीले तीन करोड ३३ लाखको लागतमा फागुन २८ गतेदेखि उद्योग सञ्चालनमा ल्याएको हो ।
रामपुरका महिलालाई चप्पल बनाउने तालिम
मंगलबार, चैत १४, २०७९
जिल्लाको रामपुरका महिलाहरुलाई चप्पल बनाउने सीप विकास तालिम दिइएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका वडा ९ मा ६ दिने चप्पल बनाउने सीप विकास तालिम दिइएको हो ।


