Shittalpati
पन्त ग्लोबल कन्सल्टयान्सीद्वारा सिएसडी एक्सीलेन्स प्रोग्राम प्रशिक्षण

पाल्पा, पन्त ग्लोबल कन्सल्टयान्सीले सिएसडी एक्सीलेन्स प्रोग्राम प्रशिक्षण प्रदान गरेको छ । बैंक तथा वित्तीय संस्थामा कर्मचारीहरुले ग्राहक सेवा विभागमा गरिने विविध कार्यहरुमा उच्चस्तरको सेवा सुविधामा जोड दिने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम गरिएको हो ।

तानसेनमा शनिबार आयोजना गरिएको प्रशिक्षण कार्यक्रमका प्रशिक्षक तथा पन्त ग्लोबल कन्सल्टयान्सीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र पन्तले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको जोखिम व्यवस्थापन कसरी गर्ने र खाताहरु खोली बचत वृद्धिमा जोड दिने भनी प्रशिक्षणले जानकारी दिएको बताए । प्रशिक्षक पन्तका अनुसार विविध सेवाहरु जस्तै अनलाइन खाता, ग्राहक पहिचान, कार्ड सुविधा, क्युआर सेवा, विप्रेषण सेवा, शेयर खाता लगायतका सुविधाहरुलाई प्रविधिमैत्री रुपमा कार्य गर्न अभिप्रेरित गरेको र देशैभर प्रशिक्षण कार्यक्रम गर्ने जानकारी दिए । प्रशिक्षण कार्यक्रममा नेपाल बैंक, सिद्धार्थ बैंक, नविल बैंक, शाइन रेसुङ्गा विकास बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update