Shittalpati
विश्व बैंकले गर्यो शिक्षामा सहयोग
विश्व बैंकले गर्यो शिक्षामा सहयोग विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा आर्थिक सहयोग गरेको छ । उसले सरकारी स्कुलको शैक्षिक क्षेत्र सुधारका लागि १५ अर्ब ६० करोड रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहयोग गरेको हो । नेपालको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको कार्यान्वयनमा सहयोग स्वरुप बैंकले अनुदान स्वीकृत गरेको जनाएको छ ।
दुग्धजन्य परिकारको मूल्य बढ्यो
दुग्धजन्य परिकारको मूल्य बढ्यो दूूधको मूूल्य बढेको केही दिनमै दूूधजन्य परिकारको मूल्य पनि बढेको छ । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य बढेपछि त्यसैको अनुपातमा दूूधका परिकारको मूूल्य बढाएको हो ।
बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्यालको सहयोगमा किसानलाई बाख्रा
बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्यालको सहयोगमा किसानलाई बाख्रा जिल्लाको बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्ण बस्यालको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ । बस्यालको सहयोग र मालारानी कृषि तथा पशुपंछी सहकारी संस्थाको समन्वयमा सहकारीमा आवद्ध बगनासकाली गाउँपालिका –९ चापपानीका किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।
गाडी किन्न नबिल बैंकले कर्जा दिने
गाडी किन्न नबिल बैंकले कर्जा दिने नबिल बैंकले विभिन्न कम्पनीका गाडी किन्नका लागि कर्जा दिने भएको छ । उसले निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालि र अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्सले बिक्री गर्दै आएको गाडीमा कर्जा दिने भएको हो ।
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् ।
पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी
पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी हुने भएको छ । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने गरी सम्झौता गरेपछि अब पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी हुने भएको हो ।
सिटी होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति
सिटी होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेडलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति दिएको छ । बोर्डले ५ चैतमा होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएकोे छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) रु २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ ।
‘पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’
‘पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ ‘पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ यो इसेवाले ल्याएको उपहार योजना हो । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै ‘बैंक ट्रान्स्फरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ भन्ने उपहार योजना ल्याएको हो ।
एनसेलको नयाँ योजना ‘मज्जाको प्लान’
एनसेलको नयाँ योजना ‘मज्जाको प्लान’ एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई मध्यनजर नयाँ योजना सार्वजनिक गरेको छ । उसले आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ‘मज्जाको प्लान’ सार्वजनिक गरेको हो ।
मेरो भ्वाइस र डान्स यूनिभर्सको आज र भोलि अडिसन हुँदै
मेरो भ्वाइस र डान्स यूनिभर्सको आज र भोलि अडिसन हुँदै पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन आज र भोलि काठमाडौंमा हुन लागेको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको प्रतियोगिता दुई दिन हुन लागेको हो ।
मलमा अनुदान कटौति गरेपछि विरोध
मलमा अनुदान कटौति गरेपछि विरोध सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौति गरेपछि चौतर्फीक विरोध सुरु भएको छ । अनुदान कटौती गरेपछि विभिन्न दल निकट किसान संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
Weather Update