Shittalpati
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो ।
कृषकलाई अनुदानमा कृषि सामग्री
कृषकलाई अनुदानमा कृषि सामग्री रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो ।
रेसुङ्गाबाट नियमित उडान
रेसुङ्गाबाट नियमित उडान गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान थालिएको छ । पटक–पटक उडान परीक्षण गरिए पनि नियमित उठान हुन सकेको थिएनन् । शुक्रबारदेखि भने रेसुङ्गा–काठमाडौं नियमित उठान हुन थालेको हो ।
मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो
मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ । राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई एक प्रतिशत बिन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको हो । ब्याजदर करिडोरअन्र्तगतका अन्य दरलाई भने यथावत राखिएको...
बैंकर्स संघले जेठदेखि कर्जाको ब्याजदर घटाउने
बैंकर्स संघले जेठदेखि कर्जाको ब्याजदर घटाउने नेपाल बैंकर्स संघले जेठदेखि लागू हुने गरी कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकमा जेठदेखि कर्जाको ब्याज घटाउने सहमति भएको हो ।
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(३ दाना सवस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सवस्टेसनसम्मको एक सय २७ किलोमिटर डबल सर्किट प्रसारण लाइन...
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो ।
वालिङले दिन थाल्यो श्रम स्वीकृति
वालिङले दिन थाल्यो श्रम स्वीकृति स्याङ्जाको वालिङ नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज भएको हो ।
तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न तयार छु : अध्यक्ष ढकाल
तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न तयार छु : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफु तयार रहेको बताएका छन् । देशका विभिन्न ठाउँका पर्यटकीय क्षेत्रहरुमा ठूलो लगानी गर्दै आएका ढकालले स्थानीय सरकाले लगानी गर्ने उचित वातावरण सिर्जना गरिदिए तानसेन र आसपास क्षेत्रका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफु तयार रहेको बताएका हुन् ।
सकियो पाल्पा महोत्सव, ८ करोडको कारोबार, ३ लाखले गरे अवलोकन
सकियो पाल्पा महोत्सव, ८ करोडको कारोबार, ३ लाखले गरे अवलोकन बैशाख १४ गते देखी सञ्चालन भएको पाल्पा महोत्सव आइतबारदेखि सकिएको छ । १० दिनसम्म चलेको महोत्सवमा ३ लाख दर्शकहरुले अवलोकन गरे भने ८ करोड बराबरको कारोवार भएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए ।
कारोबारको पहिलो दिन नेप्से ओरालो लाग्यो
कारोबारको पहिलो दिन नेप्से ओरालो लाग्यो शेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलब १२ अङ्कले ओरालो लागेको हो ।
आज पाल्पा महोत्सवको अन्तिम दिन
आज पाल्पा महोत्सवको अन्तिम दिन वैशाख १४ गतेदेखि सुरु भएको पाल्पा महोत्सवको आज अन्तिम दिन हो । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको १३ औं पाल्पा महोत्सव आज सकिदै छ । महोत्सवको समय थपिनेमा धेरैले अनुमान गरे पनि आयोजकले मेला आजै समापन गर्ने जनाएको छ । पानीका कारण केही दिनको महोत्सव प्रभावित भएकाले महोत्सवको...
Weather Update