मलमा अनुदान कटौति गरेपछि विरोध
शुक्रबार, चैत ३, २०७९

इन्धनको मूल्य घटेर आयो
बिहीबार, चैत २, २०७९
भारतबाट इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपालाई मूल्य घटाएर पठाएको हो ।

पाल्पामा पनि बढ्यो दूधको मूल्य
बुधबार, चैत १, २०७९
पाल्पामा पनि बुधबारदेखि दुधको मूूल्य बढेको छ । सरकारले दुधको मूूल्य बढाएपछि जिल्ला दुग्ध उत्पादक सहकारी संघ र नेपाल डेरी एसोसिएसन पाल्पाले दुधको मूूल्य बढाएका हुन् ।

लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व
बुधबार, चैत १, २०७९
चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो ।

बैंक तथा फाइनान्सले घटाए ब्याजदर
मंगलबार, फागुन ३०, २०७९
वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।

दुई दर्जन कम्पनी कालोसूचीमा
सोमबार, फागुन २९, २०७९
विभिन्न सार्वजनिक निकाय अन्तर्गतका ठेक्का अपलत्र पार्ने दुई दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

मूल्यवृद्धि सात दशमलव ८८ प्रतिशत
आइतबार, फागुन २८, २०७९
उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको बाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ । तर नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत पुगेको देखिएको...

सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा
आइतबार, फागुन २८, २०७९
चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो ।

आयातसँगै निर्यात पनि घट्यो
आइतबार, फागुन २८, २०७९
चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्क अनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो ।

तानसेनका युवाहरुले खोले सहकारी
आइतबार, फागुन २८, २०७९
तानसेनका युवाहरुले सहकारी सञ्चालनमा ल्याएका छन् । कृषि पशुपालनमा लागेका यहाँका व्यवसायिक युवाहरुले जिल्लामै पहिलो युवा सहकारी खोलेका हुन् । तानसेनका ५५ जना कृषि पशुपालन क्षेत्रमा क्रियासिल युवाहरु मिलेर तानसेन युवा उद्यमशिल बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा ल्याएका छन् ।

सुजुकीका दुई नयाँ गाडी सार्वजनिक
शनिबार, फागुन २७, २०७९
नेपालका लागि सुजुकी ब्रान्डको चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले दुुई नयाँ मोडलका गाडी सार्वजनिक गरेको छ । उसले नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ गाडी सार्वजनिक नेपालमा सार्वजनिक गरेको हो ।

सत्र करोड बराबरको नेपाली सिमेन्ट निर्यात
शुक्रबार, फागुन २६, २०७९
चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब रु १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रु १६ करोड ७० लाख ३३ हजार बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो ।

रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व संकलन
शुक्रबार, फागुन २६, २०७९
नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट ३० लाख राजस्व संकलन भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम संकलन गरेको हो ।