Shittalpati
एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पु¥याउनुको साटो झारफुकतिर लागे ।
आज भानु जयन्ती मनाइँदै
आज भानु जयन्ती मनाइँदै नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरण गर्दै उनको जन्मजयन्ती मनाउन लागिएको हो ।
माथागढीकी बेपत्ता महिला खोलामा मृत फेला, कालिगण्डकी किनारमा अर्का पुरुष मृत भेटिए
माथागढीकी बेपत्ता महिला खोलामा मृत फेला, कालिगण्डकी किनारमा अर्का पुरुष मृत भेटिए जिल्लाको माथागढी गाउँपालिका –४ झडेवाकी बेपत्ता भएकी एक महिला खोलामा मृत भेटिएकी छन् । गत असार २२ गते खेतमा काम गरी बेलुकी घर फर्किने क्रममा बेपत्ता भएकी झडेवाकी ७९ वर्षीया पदमकुमारी घर्ती नजिकैको खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।
लायन्स क्लव अफ पाल्पा रानीमहलले गर्यो पद हस्तान्तरण तथा अवार्ड वितरण
लायन्स क्लव अफ पाल्पा रानीमहलले गर्यो पद हस्तान्तरण तथा अवार्ड वितरण जिल्लाको सामाजिक र मानविय सेवामा क्रियाशिल रहेको लायन्स क्लब अफ पाल्पा रानीमहलले पद हस्तान्तरण तथा विभिन्न अवार्ड वितरण गरेको छ । क्लवले तानसेनमा एक भव्य समारोहकाबिच पद हस्तान्तरण तथा अवार्ड वितरण गरेको हो । 
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैं
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैं विश्व जनसंख्या दिवस नेपालमा पनि आज मनाइदैछ । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।
बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् आमाहरू
बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् आमाहरू गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्षभयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ ।
त्रिभुवन बहुमुखी क्याम्पसले मनायो ७० औं वार्षिक उत्सव
त्रिभुवन बहुमुखी क्याम्पसले मनायो ७० औं वार्षिक उत्सव शैक्षिक इतिहासमा पश्चिम क्षेत्रकै पुरानो र शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले ७० औँ वार्षिक उत्सव मनाएको छ । क्याम्पसले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
माथागढीकी एक युवती खोलामा मृत फेला
माथागढीकी एक युवती खोलामा मृत फेला जिल्लाको माथागढी गाउँपालिका –५ गणबासकी एक युवती खोला मृत फेला परेकी छन् । गणबासकी २८ वर्षीया खुमीसरा बाह्रघरे  सोही ठाउँस्थित झुुम्सा खोलामा सोमबार साँझ मृत अवस्थामा फेला परेकी हुन् ।    
पाल्पामा घुमफिर गर्दै राजेश हमाल र धिरेन शाक्यसहितको टोली 
पाल्पामा घुमफिर गर्दै राजेश हमाल र धिरेन शाक्यसहितको टोली  नेपाली फिल्मी क्षेत्रका महानायक राजेश हमाल र नायक धिरेन शाक्यसहितको टोली विगत तीन दिनदेखी पाल्पामा घुमफिर गरिहेका छन् ।
बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता
बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए ।
आजदेखि केही दिन मनसुन क्रमश :  निष्क्रिय हुँदै
आजदेखि केही दिन मनसुन क्रमश : निष्क्रिय हुँदै जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ ।
बाढीपहिरोले दुई दिनमै गयो १५ जनाको ज्यान
बाढीपहिरोले दुई दिनमै गयो १५ जनाको ज्यान पहाडमा पहिरो र तराईमा डुबान वर्षैपिच्छेका समस्या हुन् । हरेक वर्ष बाढीको पिरलो त देशभरिकै समस्या हो । बाढीपहिरो र डुबानका कारण नेपालमा बर्सेनि सयौंको ज्यान जाने र करोडौंको भौतिक सम्पत्ति क्षति हुने गरेको छ ।
Weather Update