'सभ्य समाज निर्माणका लागि सबैले पहल गरौं’
आइतबार, फागुन ११, २०८१

पाल्पा प्यारागन बोर्डिङले मनायो ‘रजत जयन्ती’
शनिबार, फागुन १०, २०८१
निजी विद्यालयको रुपमा सञ्चालित पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ स्कूलले रजत जयन्ती मनाएको छ । २०५३ सालमा स्थापना भएको स्कूलले स्थापनाको २५ औं वार्षिक उत्सव तथा रजत जयन्ती मनाएको हो ।

तानसेनमा महिलामैत्री सहर निर्माणका लागि अन्तर्क्रिया
शनिबार, फागुन १०, २०८१
जिल्लाको सदरमुकाम तानसेनमा महिलामैत्री सहर निर्माणका लागि अन्तर्क्रिया कार्यक्रम भएको छ । नगरपालिकामा लैङ्गिक सहभागीता सम्बन्धित अन्तर मूल्याङ्कन तथा महिला मैत्री शहर निर्माण सम्वन्धी अन्तर्क्रिया कार्यक्रम भएको हो ।

अर्घाखाँचीमा लोकभजन प्रतियोगिता
शुक्रबार, फागुन ९, २०८१
धार्मिक पर्यटक आकर्षित गर्न अर्घाखाँचीको पाणिनीमा खुला भजन प्रतियोगिता आयोजना हुने भएको छ । यही फागुन १४ गते महाशिवरात्रिको दिन लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको आयोजनामा भजन प्रतियोगिता हुने भएको आयोजक संस्थाका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए ।

प्रकृति लम्सालको अन्तिम संस्कार
शुक्रबार, फागुन ९, २०८१
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा शंकास्पद रुपमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम दाहसंस्कार गरिएको छ । प्रकृतिको शव उनको निवास सिद्धार्थनगर– ८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धान्जली पछि स्वर्गद्वारी घाटमा पुर्याएर अन्त्येष्टि गरिएको हो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदैं
शुक्रबार, फागुन ९, २०८१
अन्तराष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।

रुपन्देहीमा एक महिला मृत फेला
बिहीबार, फागुन ८, २०८१
रुपन्देहीको सियारी गाउँपालिका–२ मा एक महिला मृत फेला परेकी छन् । जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो ।
पाल्पामा पनि मनाइयो ७५ औँ प्रजातन्त्र दिवस
बुधबार, फागुन ७, २०८१
पाल्पामा विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा पाल्पा दरवार संग्रहालय परिसरमा सहिदहरुको तस्विरमा फूलमाला तथा टिका अविरले माल्यार्पण गरी सहिदको योगदान बारे चर्चा गर्दै दिवस मनाइएको हो ।

प्रजातन्त्रको ७५ वर्ष : फेरिएन जनताको अवस्था
बुधबार, फागुन ७, २०८१
नेपालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र आगमनको ७५ वर्ष भएको छ । आजकै दिन अर्थात् फागुन ७ महान् जनक्रान्तिमार्फत् नेपाली समाजलाई राणा शासनको दासताबाट मुक्त गरी आधुनिक युगमा प्रवेश गराउन ढोका खुलेको दिन हो ।

आज निर्वाचन दिवस मनाइँदै
बुधबार, फागुन ७, २०८१
फागुन ७ कै दिन निर्वाचन दिवस मनाइँदैछ । नेपालीले मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै यो दिवस मनाउने गरिएको हो । आज नवौं निर्वाचन दिवस मनाइँदै छ ।

रामपुरका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा
बुधबार, फागुन ७, २०८१
नगरपालिकाले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि ३० दिने योग प्रशिक्षण कार्यक्रम मार्फत योग शिक्षा प्रदान गरेको हो । रामपुर नगरपालिकाले योग प्रशिक्षकको व्यवस्था गरि विद्यालयका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा प्रदान गरेको हो ।

जनप्रिय माविले मनायो ६५ औं वार्षिक उत्सव
मंगलबार, फागुन ६, २०८१
तानसेनको बर्तुङ्गस्थित जनप्रिय माध्ममिक विद्यालय बर्तुङ्गले ६५ औं वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको छ । विद्यालयले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको हो ।