
पाल्पा, मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र सरकारी तवरबाट बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरि मनाउँदै छन् ।
सार्कको ११औं सम्मेलनवाट पारित वेश्याबृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धी २००२ लाई दोश्रो जनआन्दोलनवाट पुनः स्थापित संसदले २०६३ भदौ २० गते अनुमोदन गरेको थियो । सोही दिनको सम्झनामा २०६४ साल जेठ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रत्येक बर्ष भदौ २० गते मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालेको थियो । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् । महिला बेचबिखन हुन नदिन तथा बेचबिखनमा परेको चेलीलाई उद्दार गर्न सरकारले पुनःस्थापना केन्द्रहरु समेत स्थापना गरेको छ । नेपालबाट बर्षेनी हजारौ युवायुवती रोजगार तथा अन्य बहानामा खाडी तथा भारतीय भूमिमा बेचबिखनमा पर्दै आएका छन् । मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ
। संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी सड्ढट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् । यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् । वैदेशिक रोजगारीका नाममा महिलालाई विभिन्न मुलुकमा तस्करी गर्ने संयन्त्र गाउँसम्मै फैलिएको छ ।