Shittalpati
अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै

पाल्पा, आज ५९ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सठन (युनेस्को)को आवानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।

नेपालले पनि यसलाई शैक्षिक पर्वका रूपमा मनाउँदै अएको थियो । नेपालले विक्रम संवत् २०३२ देखि २०६३ सालसम्म शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस छुट्टाछुट्टै मनाउँदै आएकोमा २०६२/०६३ को परिवर्तनपछि सेप्टेम्बर ८ लाई नै राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाउँदै आएको छ । तर, विगतका वर्षहरूमा ८ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आएकोमा गत वर्षदेखि भने शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसलाई अलग्गै दिनमा मनाएको छ । विसं २०६५ सालमा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर मुलुक बनाउने घोषणासहित साक्षर नेपाल कार्यक्रम ल्याइएको थियो । अभियान शुरू भएको झण्डै ढेड दशकमा अझै २३ प्रतिशत जनसंख्या साक्षर हुन सकेका छैनन् । सरकारले २०७२ सम्म सबै जनसंख्या साक्षर बनाइसक्ने घोषणा गरेको थियो । नेपालमा पढ्न लेख्न जान्ने जनसंख्या २ करोड ३ लाख ७७ हजार ९ सय ८० छन् । पाँच वर्षभन्दा माथिको जनसङ्ख् २ करोड ६७ लाख २५ हजार २ सय ५ रहेको छ । साक्षरताको मूल्याड्ढन गर्दा कम्तीमा पचास प्रतिशत सक्षमता हासिल गर्न सक्ने व्यक्तिलाई साक्षर मान्न सकिन्छ । साक्षर हुन राष्ट्रभाषा वा मातृभाषाका वर्ण र अक्षरको पढ्न र लेख्न सक्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिल पढ्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने, ० देखि ९ अंक सम्मका अंक र अक्षर लेख्न, १ देखि सयसम्म गणना गर्न सक्ने, लेनदेनका हरहिसाब राख्न सक्ने हुनुपर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update