Shittalpati
आज विश्व फिजियोथेरापी दिवस

पाल्पा, आज सेप्टेम्बर ८ तारिक, विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर विश्वभर फिजियोथेरापी दिवस मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै आइएको छ ।

नेपालमा पनि सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । विश्वभरका फिजियोथेरापीस्टहरुले विश्व फिजियोथेरापी दिवसका रुपमा मनाउने गर्दछन् । प्रत्येक वर्ष झैं यस वर्ष पनि यो दिवस मनाउन लागिएको छ । फिजियोथेरापी भनेको एक उपचार पद्धति हो जसले उचित शारीरिक क्षमता मूल्यांकन गरी मानिसको जीवनस्तर (क्वालिटी अफ लाइफ) उकास्नका लागि मद्दत गर्दछ । यसले विभिन्न रोग लाग्नबाट रोकथाम गुर्नका साथै रोग लागिसकेकालाई त्यस समस्याबाट बाहिर निस्कन मद्दत गर्छ । विभिन्न रोगका कारण शारीरिक र मानसिक कमजोरी भई दैनिक क्रियाकलाप गर्न कठिन छ, त्यस्ता व्यक्तिहरुलाई पुर्नस्थापना गरी दैनिकीलाई सहज र सक्षम बनाउन यसले मद्दत गर्दछ । हाडजोर्नी, नशा लगायतका रोग भएका मानिसलाई यो उपचार प्रभावकारी मानिन्छ । कतिपयलाई औषधिले काम नगरेको खण्डमा समेत फिजियोथेरापीद्धारा उपचार गर्ने गरिन्छ । विभिन्न चोट पटकका कारणले भएको भौतिक पीडा लगायत मांशपेशीको पीडा कम गर्न फिजियोथेरापिस्टहरु विभिन्न व्यायाम तथा उपचार गर्न सुझाव दिन्छन् । मांशपेशी च्यातिएको (लिगामेन्ट टियर), कमजोर मांशपेशी, स्वास प्रश्वास सम्बन्धी समस्या, घाँटी तथा जीउको दुखाई कम गर्न पनि फिजियोथेरापी उपयुक्त मानिन्छ । आजको दिनसम्म आइपुग्दा जनमानसमा फिजियोथेरापीको उपचार पद्धतिका बारेमा त्यति राम्रो ज्ञान भएको पाइँदैन । साधारण मानिसमात्र नभई कतिपय स्वास्थ्यकर्मीहरुलाई पनि फिजियोथेरापीको बारेमा पूर्ण ज्ञान भएको पाइँदैन । फिजियोथेरापी ढाड, कम्मर, घुँडा दुखेका, मुख बांगिएका, प्यालाइसिस भएका व्यक्ति र छातीमा खकार जमेका व्यक्तिमात्र नभई हरेक व्यक्तिलाई आवश्यक हुनसक्छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update