Shittalpati
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै नवरात्रीको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी...
जिल्लाको शान्ति सुरक्षा कायम गर्न सबै पक्षसँग सहकार्य गर्छु :  प्रहरी उपरीक्षक थारु  
जिल्लाको शान्ति सुरक्षा कायम गर्न सबै पक्षसँग सहकार्य गर्छु : प्रहरी उपरीक्षक थारु   जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जिल्लाको शान्ति शुरक्षा कायम गर्न सबै पक्षसँग समन्वय, सहकार्य गरेर काम गर्ने बताएका छन् । काठमाडौंबाट सरुवा भई पाल्पा आएका उनले  मंगलबार पाल्पाली पत्रकारहरुसँगको अन्तक्र्रियामा यस्तो बताएका हुन् ।
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ बडादसैँ र तिहारलगायतका चाडपर्वहरू नजिकिएसँगै जिल्लामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडबाडको समयमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाको मुख्य स्थान तासेनस्थित बसपार्कमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो ।
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।
पाल्पाका भगवती मन्दिरहरुमा भक्तजनहरुको  भिड
पाल्पाका भगवती मन्दिरहरुमा भक्तजनहरुको भिड बडा दशैंको पहिलो दिन घटस्थापनामा पाल्पाका विभिन्न शक्तिपिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ । भक्तजनहरु विहानै नदी तलाउ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजा पाठ, तथा देवीको दर्शनको लागि भगवती दुर्गाका मन्दिरहरु पुगेका छन् । पाल्पालीहरुले शुभ साईतमा घर–घर, देवीका मठमन्दिरहरुमा घटस्थापना गरेका छन् ।
दाङका पाँच अतिरिक्त हुलाक कार्यालय बन्द
दाङका पाँच अतिरिक्त हुलाक कार्यालय बन्द दाङका पाँचवटा अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका छन् । हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर–१३ को फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ को हलवार, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेका अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका हुन् । 
सुरु भयो दसैं, आज घटस्थापना
सुरु भयो दसैं, आज घटस्थापना नेपालीहरूको महान् पर्व बडादसैं अर्थात् नवरात्र आज (सोमबार)बाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ । दसैं आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको मानिन्छ । पञ्चांग निर्णायक समितिका अनुसार आज बिहान ९ः१३ बजेको शुभ साइतमा घटस्थापना गरिनु अर्थात् जमरा राख्नु उत्तम मानिन्छ ।
सोह्र श्रद्धा सकियो
सोह्र श्रद्धा सकियो आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष (सोह्र श्राद्ध) आइतबार सकिएको छ ।  अपरÞनकालमा दिव·त पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी यस वर्षको सोह्र श्राद्ध सकिएको हो ।
आज विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै
आज विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने विश्व शान्ति दिवस आइतबार नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा विश्व शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
Weather Update