माझी समुदायले आज लदी पर्व मनाउँदै
मंगलबार, फागुन २०, २०८१

स्ववियु निर्वाचनका लागि पाल्पाका ४ क्याम्पसमा संघ/संगठन दर्ता
सोमबार, फागुन १९, २०८१
आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि पाल्पाका ४ क्याम्पसमा १३ वटा संघ/संगठन दर्ता भएका छन् । सोमबार विहान ११ बजे देखी दिउँसो ३ बजे सम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समुह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सो समयमा यहाँका क्याम्पसमा विभिन्न विद्यार्थी...

छचुवाका आगलागी प्रभावित परिवारलाई राहत वितरण
सोमबार, फागुन १९, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३, भुवनपोखरीको छचुवाका आगलागी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गाउँपालिकाले आगलागीबाट घरगोठ जलेर नष्ट भई खुला आकासमुनी बसेका यहाँका कुमाल परिवारलाई तत्कालका लागि एक÷ एक बोरा चामल, नुन, तेल, दाल तरकारी तथा आवश्यक त्रिपाल लगायतका राहत सामग्रीहरु वितरण गरेको हो ।

घोराहीमा मगर सङ्ग्रहालय स्थापना
सोमबार, फागुन १९, २०८१
मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा सङ्ग्रहालय स्थापना भएको छ । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति र परम्परासँगसम्बन्धी सामग्री राखिएका छन् ।

आज विश्व वन्यजन्तु दिवस मनाइँदै
सोमबार, फागुन १९, २०८१
आज विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पाइने सबै नङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने गरिएको हो ।

शितलपाटीकर्मी पोखरेल बने प्रेस चौतारी लुम्बिनीको सचिव
आइतबार, फागुन १८, २०८१
शितलपाटी डटकम र नवजनचेतना राष्ट्रिय दैनिक (एनजेडी) का पाल्पा संवाददाता कृष्ण पोखरेल प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको सचिवमा निर्विरोध निर्वाचित भएका छन् । चौतारी लुम्बिनी प्रदेशको देउखुरीमा भएको दोस्रो प्रदेश अधिवेशनले पाल्पाका क्रियाशिल पत्रकार पोखरेलाई सचिवमा निर्विरोध निर्वाचित गरेको हो ।

डा. कारखलाई ‘औषधि व्यवसायी संगम पुरस्कार’
शनिबार, फागुन १७, २०८१
युकेमा जन्म भई नेपालको पाल्पालाई कर्मथलो बनाउँदै आएकी युनाइटेड मिसन अस्पतालकी निर्देशक डा. रचेल कारख औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कारबाट सम्मानसहित पुरस्कृत भएकी छन् ।

नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा सिंह
शनिबार, फागुन १७, २०८१
नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा समिरमान सिंह चयन भएका छन् । संघको शनिबार तानसेनमा भएको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले सिंहलाई अध्यक्षमा चयन गरेको हो ।

पाल्पामा जन्मिएका सारू, बेलायत ननिटनको मेयरमा मनोनीत
बिहीबार, फागुन १५, २०८१
भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत भएका छन् । गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका उन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन् ।
छिट्टै कृषक र साना बचतकर्ताको हित हुने ऐन आउँछ : सभापति थापा
बिहीबार, फागुन १५, २०८१
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति कुसुमदेवी थापाले छिट्टै कृषक र साना बचतकर्ताहरुको हित हुने गरी ऐन आउने बताएकी छन् । रामपुर नगरपालिकाले गरेको स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले कृषक र साना बचतकर्ताहरुका लागि छिट्टै ऐन ल्याउने तयारी भएको बताएकी हुन् ।

आज मगर बाहुल्यता रहेको पाल्पामा मनाइँदै मगर दिवस, सबै स्थानीय तहले दिए सार्वजनिक बिदा
बिहीबार, फागुन १५, २०८१
मगर समुदायको बाहुल्यता रहेको पाल्पामा आज ४३ औं राष्ट्रिय मगर एकता दिवस मनाउन लागिएको छ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।

तानसेनको प्रभासमा शिवरात्रिका अवसरमा कृषि मेला तथा सांस्कृतिक कार्यक्रम
बुधबार, फागुन १४, २०८१
जिल्लाको तानसेन नगरपालिका–७ प्रभासमा महाशिवरात्रिको अवसरमा कृषि मेला तथा सांस्कृतिक कार्यक्रम भएको छ । प्रभास क्षेत्र धर्म संस्कृति तथा मेला पर्व ब्यवस्थापन समितिको आयोजनामा बुधबार कार्यक्रम भएको हो ।