आज नेवार समुदायको पर्व ‘ज्यापुन्ही’
बुधबार, जेठ २८, २०८२
नागरिकता विधेयक पारित
मंगलबार, जेठ २७, २०८२
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिक विधेयक पारित भएको छ । मंगलबार बसेको समिति बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला
मंगलबार, जेठ २७, २०८२
बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि महिलाहरुलाई सञ्चालन गरेको उद्यमशीलता तालिमले स्वरोजगार बन्न सहयोग पुगेको छ । लुम्बिनी प्रदेशमा दुर्गम क्षेत्र एवं गाउँसँग जोडिएको विकसित शहरका रुपमा उपमहानगरपालिकाले प्रदान गरेको तालिमले महिलाहरुलाई आयआर्जनमा महत्पपूर्ण सहयोग पुगेको छ ।
पूर्वखोलामा बालविवाह र आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना
सोमबार, जेठ २६, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिका रिङ्नेरहमा बालविवाह र आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम शुरु भएको छ । पाल्पा विकास केन्द्रको आयोजना, लुम्बिनी प्रदेश सरकार सामाजिक विकास डिभिजन कार्यालयको सहयोग र पूर्वखोला गाउँपालिकाको समन्वयमा दुई दिने सचेतना कार्यक्रम सञ्चालन भएको हो ।
कर्तव्य ज्यान मुद्दाका अभियुक्त १४ वर्षपछि पक्राउ
सोमबार, जेठ २६, २०८२
कर्तव्य ज्यान मुद्धाका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । हत्या गरी फरार रहेका जिल्लाको माथागढी गाउँपालिका –१ दमारका ५७ वर्षीय सन्तबहादुर सार्कीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको हो ।
‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’
सोमबार, जेठ २६, २०८२
किसान डम्बर बुढाको दैनिकी उखुको जुस बिक्री गरेर बित्ने गरेको छ । विगत आठ वर्षदेखि उखुखेती गर्दै आएका उनको आम्दानी पनि बढ्दै गएकोे छ । पछिल्लो समय अत्याधिक गर्मी बढेसँगै यसको व्यापार पनि बढेको हो ।
सरोकारवाला भन्छन् ‘गण्डकी सभ्यता बचाउन डाइभर्सन खारेज गर्नैपर्छ’
सोमबार, जेठ २६, २०८२
पाल्पा, स्याङजा, तनहुँ र नवलपुर पूर्व नवलपरासीका सरोकारवालाहरुले गण्डकी सभ्यता बचाउन कालीगण्डकी तिनाउ डाइभर्सन खारेज गर्नुपर्ने बताएका छन् । कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा पाल्पाको रामपुरमा भएको कार्यक्रममा सहभागीहरुले कालीगण्डकी डाइभर्सन खारेज गर्नुपर्ने बताएका हुन् ।
रुपन्देही र पाल्पाका पालिकाकाबीच असल अभ्यासको थालनी
सोमबार, जेठ २६, २०८२
बुटवल उपमहानगरपालिकासँग सिमाना जोडिएका रुपन्देही र पाल्पाका छ वटा स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका हुन् ।
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते
आइतबार, जेठ २५, २०८२
तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।
‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ दुवाललाई
आइतबार, जेठ २५, २०८२
बरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले पिता स्व. कमलराज रेग्मीको स्मृतिमा स्थापित ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ साहित्यिक पत्रकार मोहन दुवाललाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबिच सो पुरस्कार दुवाललाई प्रदान गरेको हो ।
पाल्पाको छहरामा वृहत ‘साहित्य संगम’
आइतबार, जेठ २५, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ छहरामा वृहत ‘साहित्य संगम’ कार्यक्रम भएको छ । भैरब नवदीय उच्च माविका पूर्व विद्यार्थी संस्थाको आयोजनामा ‘साहित्य संगम’ कार्यक्रम भएको हो ।
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
शनिबार, जेठ २४, २०८२
झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफैँ कखरा सिक्दै छन् ।


