Shittalpati
इस्मा गाउँसरकारले पनि मनायो अन्तर्राष्ट्रिय नारी दिवस
इस्मा गाउँसरकारले पनि मनायो अन्तर्राष्ट्रिय नारी दिवस जिल्लाको इस्मा गाउँपालिकाले पनि सोमबार अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । ‘महिलाको सुरक्षा,सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ गाउँसरकारले विभिन्न कार्यक्रमहरुको आयोजना गरी १११ औं अन्तर्राष्ट्रिय नारी दिवस दिवस मनाएको हो ।
नारी दिवसले छोएन पाल्पाका श्रमिक महिलालाई
नारी दिवसले छोएन पाल्पाका श्रमिक महिलालाई तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउदै आएकी बगनासकाली गाउँपालिका २ घोरबण्डाकी ३१ वर्षकी पार्वती कुमाल सधैँ जस्तै सोमबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किन । कुमाल तानसेनका किराना पसलहरुमा भारी बोक्ने काम गर्छिन् । एनजेडीले उनलाई आज त अन्तर्राष्ट्रिय नारी (श्रमिक महिला) दिवस तपाईंले मनाउनुभएन ? भन्ने प्रश्न गर्दा...
आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै
आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस आज (सोमबार) विश्वभर मनाइँदै छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । नेपालमा पनि विभिन्न औपचारिक कार्यक्रम गरी १११ औं दिवस मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।
वरिष्ठ पत्रकार चापागाईंलाई विद्यावारिधिको उपाधि
वरिष्ठ पत्रकार चापागाईंलाई विद्यावारिधिको उपाधि वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधिको उपाधि प्रदान गरिने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चापागाईंलाई ‘बौद्ध दर्शन र सञ्चार’ शोध प्रबन्धमा विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
आफ्नैबाट असुरक्षा
आफ्नैबाट असुरक्षा गुल्मीको रेसुङ्गा नगरपालिका–३ की २१ वर्षीया सम्झना बोहराको आफ्नै माइला ससुरा पर्नेबाटै हत्या भएको छ । ४७ वर्षीय लालबहादुर खत्रीले आफ्नै बुहारी पर्ने सम्झनालाई हत्या गरेको गुल्मी प्रहरीले जनाएको छ । सम्झना गत माघ २९ मा बेपत्ता भएकी थिइन् । फागुन १७ गते घरनजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा बोहराको...
देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय, तपोवनसहितको शैक्षिक संरचना बन्दै
देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय, तपोवनसहितको शैक्षिक संरचना बन्दै लुम्बिनी, लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्धको मावली देवदहमा शुक्रबारदेखि डीन कार्यालय स्थापना गरेको छ । सरकारले विश्वविद्यालयका लागि देवदहमा करिब ९० बिघा जमिन उपलब्ध गराउने निर्णय गरेसँगै विश्वविद्यालयले डीनको कार्यालय स्थापना गरेको हो ।
लुम्बिनी प्रदेशका मानव अधिकारकर्मी पाल्पामा
लुम्बिनी प्रदेशका मानव अधिकारकर्मी पाल्पामा पाल्पाको तानसेनमा लुम्बिनी प्रदेशका मानव अधिकारकर्मीको भेला भएको छ । नेपाल मानव अधिकार संगठनको प्रदेश परिषद् बैठकमा सहभागी हुन लुम्बिनी प्रदेशभित्रका १२ जिल्लाबाट मानव अधिकारकर्मी पाल्पा आएका हुन् । संविधानमा उल्लेख भएका मानव अधिकारको प्रत्याभूति गर्ने उद्देश्यले बुधबार नेपाल मानव अधिकार संगठन लुम्बिनी प्रदेशको आयोजन, संगठन पाल्पाको आतिथ्यतामा प्रदेश परिषद्...
आज विश्व वन्यजन्तु दिवस मनाइदैं
आज विश्व वन्यजन्तु दिवस मनाइदैं विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुख बिरुवाहरुका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षण सम्वद्र्धनका लागि आज विश्व वन्यजन्तु दिवस मनाइदैं छ । हरेक वर्ष मार्च ३ तारिख तथा आजका दिन विश्व वन्यजन्तु दिवस मनाउने गरिन्छ । विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो, सबै...
द्वन्द्व प्रभावित परिवारले अझै न्याय पाएनन्
द्वन्द्व प्रभावित परिवारले अझै न्याय पाएनन् तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ । विसं २०६३ मा विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको घोषणा त भयो । दश वर्षसम्म चलेको द्वन्द्वमा जबर्जस्ती बेपत्ता, यातना, बलात्कार तथा गैरन्यायिक हत्याका पीडितले अझै न्याय पाएका छैनन् । लामो समयसम्म...
माथागढीले यसरी मनाउँदै छ अन्तर्राष्ट्रिय महिला दिवस
माथागढीले यसरी मनाउँदै छ अन्तर्राष्ट्रिय महिला दिवस जिल्लाको माथागढी गाउँपालिकाले विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा गाउँपालिकाले फागुन २३ गते विविध कार्यक्रम गर्न लागेको हो ।
नक्कली फेसबुक पेज बनाउने पक्राउ
नक्कली फेसबुक पेज बनाउने पक्राउ प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो ।
Weather Update