पाल्पा, पाखुरे सामसदायिक वनमा आठ हजार विरुवा रोपिएको छ । जिल्लाको रैनादेवी छहरा –४ मा रहेको उक्त वनमा दालचिनिका आठ हजार बिरुवा रोपिएको हो ।
वनलाई हरियारी र उर्वर बनाउन खाली जमिनमा दालचिनिका विरुवा रोपिएको पाखुरे सामुदायिक वनका अध्यक्ष नलबहादुर रानाले बताए । सामुदायिक वनमा रहेको खाली जमिनमा विरुवा रोप्नुपर्छ भन्ने मान्यताका साथ विरुवा रोपिएको उनको भनाई छ । वन बिना मानव जगत्को कल्पना पनि गर्न नसकिने भन्दै बोटविरुवा रोप्नु अहिलेको आवश्यकता रहेको अध्यक्ष रानाले औल्याए । उनले वनको सरंक्षण गरी स्थानीय उपभोक्तालाई आर्थिक उपार्जनसँग जोड्न लुम्बिनी प्रदेश सरकारसँग आवश्यक सहयोगका लागि पटक पटक आग्रह गरेको बताए । विक्षारोपणमा डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले वनको संरक्षण गर्नु सबैको दायित्व भएकाले यसतर्फ सबै उपभोक्ताले ध्यान दिनुपर्ने बताए । उनले रुख, विरुवाबाट मानिस प्रत्यक्ष, अप्रत्यक्ष रुपमा लाभन्वित भएकाले यसको संक्षरणमा पनि उत्तिकै लाग्नुपर्नेमा जोड दिए । विक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेश वन,वातावरण तथा भू– संरक्षण मन्त्रालयका योजना अधिकृत सन्त बहादुर थिङ, रिब्दीकोट सब डिभिजन प्रमुख उपेन्द्र अर्याल,डिभिजन वन कार्यालयका योजना अधिकृत रामचन्द्र लामा, वन ब्यबस्थापन अधिकृत संयोग बस्नेत लगायत वन उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागितामा विरुवा रोपिएको हो । पाखुरे सामुदायिक वनले यहाँ रहेका सबै खाली क्षेत्रमा विरुवा रोप्ने कार्यक्रमलाई अगाडि बढाएको छ । स्थानीय उपभोक्ताहरुलाई वनबाटै प्रसस्त आम्दानी गराउने सोंचका साथ हरियाली वन बनाउने लागिएको वनले जनाएको छ ।
जिल्लका अधिकांस वन क्षेत्रमा विकास र समृद्धिको नाममा भएका अनेक अभ्यासले विनाश बढ्दै गएको छ । स्थानीय तहले हेरक बस्ती–बस्तीमा सडकको पहुँच पुर्याउन खनेका कच्ची सडकले वन विनास भइरहेका छन् । जथाभवी खनिएका सडकले वन जंगलमा रुखविरुवा क्षति भएका छन् । रुख विरुवा क्षति भएका स्थानमा वृक्षारोपण गरिदैँन् । जिल्लामा सानादेखि ठूलो राष्ट्रिय गौरवका विकास आयोजनाहरुले वृक्षारोपण गरेको पाइदैन् । फलस्वरुप वन जंगल रहेका क्षेत्रहरु नांगो डाँडामा परिणत हुन थालेका छन् । यसर्थ पाखुरे सामुदायिक वनमा जस्तै अन्य क्षेत्रका नांगो डाँडालाई हरियाली बनाउन वृक्षारोपण आवश्यक रहेको छ ।