Shittalpati
रामपुर नगरको तीन विधेयक, एक नियमावली पारित
रामपुर नगरको तीन विधेयक, एक नियमावली पारित रामपुर नगर सरकारले आठौँ नगर सभाबाट तीन विधेयक र एक नियमावली पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७÷०७८ को योजना संशोधन प्रस्ताव सहित स्वास्थ्य तथा सरसफाई विधेयक २०७७, भवन निर्माण विधेयक २०७७, प्राकृतिक स्रोत तथा वातावण संरक्षण विधेयक २०७७ पारित गरेको हो ।
पाल्पामा पनि ३९ औं मगर दिवस हर्सोल्लासका साथ मनाइयो
पाल्पामा पनि ३९ औं मगर दिवस हर्सोल्लासका साथ मनाइयो पाल्पा लगायत देशभर मगर समुदायले शनिबार हर्साेल्लासका साथ ३९औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् । पाल्पाका १० वटै स्थानीय तहका मगर समुदायले आ–आफ्नो किसिमले कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएका छन् ।
‘बालबालिकाको अधिकार संरक्षण गर्न बाल संगठनलाई जिम्मेवार बनाउ’
‘बालबालिकाको अधिकार संरक्षण गर्न बाल संगठनलाई जिम्मेवार बनाउ’ लुम्बिनी प्रदेशका सांसद नारायण आचार्यले बालबालिकाको अधिकार संरक्षणका लागि बालसंगठनलाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् । नेपाल बाल संगठन पाल्पाको १२ औ अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद् आचार्यले यस्तो बताएका हुन् । उनले बालवालिकाको शिक्षा, पोषण, अधिकार देखी उनीहरुको मौलिक अधिकार संरक्षणका लागि बालसंघठनलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन् ।
आज श्री स्वस्थानी ब्रत समाप्त गरिदैं
आज श्री स्वस्थानी ब्रत समाप्त गरिदैं पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ ।
बेथल र सेनका विद्यार्थीले परियोजनाकार्य गर्दै
बेथल र सेनका विद्यार्थीले परियोजनाकार्य गर्दै नसेनका दुई विद्यालयका विद्यार्थीहरुले परियोजनाकार्यलाई अगाडि बढाएका छन् । परियोजना कार्यमार्फत व्यवहारिक ज्ञान हासिल गर्नका लागि बेथल ईङ्लिस सेकेण्डरी बोडि· स्कुल र सेन माध्यमिक विद्यालयका कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुले परियोजना कार्य गर्न लागेका हुन् ।
‘सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन्छौ’
‘सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन्छौ’ जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने गरी गाउँपालिकाले काम गरेको बताएका छन् 
झडेवाको कर्णधार प्राविले मनायो वार्षिकोत्सव
झडेवाको कर्णधार प्राविले मनायो वार्षिकोत्सव माथागढी गाउँपालिका ४ झडेवामा रहेको कर्णधार प्राथमिक विद्यालयको ३८ औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
बाघको छालासहित दुई पक्राउ
बाघको छालासहित दुई पक्राउ बाघको छालासहित दुई व्यक्ति पक्राउ परेका छन् । प्रतिबन्धित बाघको छालाको कारोबार गर्दै आएका तुलसीपुर उपमहानगरपालिका–४ गोठी खोलाबाट सल्यानका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेका हो । रा ४ प ८८४७ नम्बरको मोटरसाइकलमा सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
‘सर्वोच्चको फैसलालाई जीत र हारको विषय नबनाऔँ’
‘सर्वोच्चको फैसलालाई जीत र हारको विषय नबनाऔँ’ रुपन्देही, प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय बाहिर आएसँगै सत्ता पक्ष र प्रतिपक्षी दलका नेताले विभिन्न प्रतिक्रिया दिएका छन् । बुधबार बुटवलमा आयोजित कार्यक्रममा उनीहरुले सर्वोच्च अदालतको फैसला सबैलाई स्वीकार हुने भएकाले यसलाई जित र हारको विषय बनाउन नहुनेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी...
प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला
प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो ।
तीन वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा
तीन वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा बागलुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो ।
ससुराको हत्या आरोपमा पक्राउ परेकी महिलालाई सार्वजनिक
ससुराको हत्या आरोपमा पक्राउ परेकी महिलालाई सार्वजनिक ससुराको हत्या आरोपमा पक्राउ परेकी बुहारी मनकला ज्ञवालीलाई गुल्मी जिल्लाको प्रहरीले सार्वजनिक गरेको छ । आफ्नै ससुराको हत्या आरोपमा पक्राउ परेकी रुरुक्षेत्र गाउँपालिका–३ की ४२ वर्षीया ज्ञवालीलाई प्रहरीले पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो ।
Weather Update