भरुवा बन्दुक पड्किँदा माथागढीका दर्लामी घाइते

पाल्पा, भरुवा बन्दुक पड्किँदा पाल्पा माथागढीका १९ वर्षीय टेकबहादुर दर्लामी घाइते भएका छन् । भरुवा बन्दुक बोकी जंगलमा गएको अवस्थामा लडेर पड्किँदा माथागढी गाउँपालिका–५ महलपोखरीका दर्लामी घाइते भएका हुन् ।
घाइते उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दर्लामी भरुवा बन्दुक लिएर जंगलमा गएको अवस्थामा अकस्मात लड्न पुगेका थिए । बन्दुक सहित लडेका उनी बन्दुकको छर्रा लागेर घाइते हुन पुगेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्