Shittalpati
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

पाल्पा, प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धनमा जोड दिँदै नेपालका पत्रकारहरूले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।  हरेक वर्षको मे ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्त्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार सङ्कलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना र सम्मान गर्दै मनाइन्छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसंघको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्वपूर्ण दिनका रूपमा लिन्छन् । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै छ ।

वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षपातीको सहभागितामा तयार पारिएको ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ मा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्ट रूपमा उभ्याएको थियो । अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्नसक्छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता राज्यको मेरुदण्ड हो । कुनै पनि मुलुक प्रजातान्त्रिक हो कि होइन भनेर हेर्ने कसी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई लिन सकिन्छ । सरकारका क्रियाकलाप पारदर्शी बनाउन मद्दत गर्ने र जनताका समस्या तथा उनीहरूको सुझाव सरकारसमक्ष पु¥याउने सशक्त एवम् प्रभावकारी माध्यम मिडिया नै हो । यसको अभावमा सुशासन कायम हुन सक्दैन । शरीर सञ्चालनार्थ रक्तसञ्चालन प्रणालीको जरुरत भएजस्तै असल राज्य सञ्चालनका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य हुन्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update