गुल्मीमा वृद्ध मृत फेला
गुल्मी,जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोट भेडाबारी क्षेत्रस्थित खोलाको बगरमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा सोही ठाउँका ८७ वर्षीय नेरुप्रसाद घिमिरे रहेका हुन् । शनिबार बिहान अमला टिप्न जान्छु भन्दै घरबाट हिडेका उनी नफर्किएपछि परिवरले खोजतलास गर्दा आइतबार बिहान खोलाको बगरमा मृत अवस्थामा फेला परेका हुन् । प्रहरी हवल्दार राधेश्याम यादवको टोली घटनास्थलमा पुगेको र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३
प्रतिक्रिया दिनुहोस्


