Shittalpati
टोपी दिवसको सार्थकता
टोपी दिवसको सार्थकता नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । शुक्रबार पनि ढाकाका टोपीहरु लगाएर दिवस मनाइएको छ । राष्ट्रिय पोशाकको प्रयोग गरी राष्ट्रियपन झल्काउन र यसको जगेर्ना गर्नका लागि भन्दै १ जनवरीलाई टोपी दिवसको रुपमा मानिएको छ ।
मेलमिलाप दिवसको मर्म नभुलौं
मेलमिलाप दिवसको मर्म नभुलौं देशभर नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बिहीबार मनाएको छ । नेपाली काँग्रेसले पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउन थालेको ४५ वर्ष पुगिसकेको छ ।
उधौली पर्व र योमरी पुन्ही
उधौली पर्व र योमरी पुन्ही किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) बुधबार देशभर मनाइएको छ । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा उधौली पर्वलाई लिने गरिन्छ ।
नेवार समुदायको जाडोको परिकार योमरी
नेवार समुदायको जाडोको परिकार योमरी आज धान्य पूर्णिमा, योमरी पुन्ही । आज नै किरात समुदायहरुको उधौली पर्व पनि हो । प्रत्येक वर्ष मार्गशिर्ष शुक्लपक्ष पूर्णिमा तिथिलाई धान्य पूर्णिमा भनिन्छ ।
लोकतन्त्र माथिको खतरा
लोकतन्त्र माथिको खतरा संविधानको वरखिलाफ प्रधानमन्त्री केपी ओलीबाट भएको संघीय संसद् विघटनपछि उत्पन्न प्रतिकूल राजनैतिक अवस्थाले मुलुक फेरि दिन प्रतिदिन अराजकता तर्फ धकेलिने समस्या उत्पन्न भएको भान हुन थालेको छ । नेकपाको प्रचण्ड बहुमतको सरकारलाई चकनाचुर हुने गरी गरिने क्रियाकलाप भन्दा पनि संविधानमै नभएको अधिकार प्रयोग गरेको देखाएर संसद् विघटन गर्ने कार्यले चारै...
थलिएको पर्यटन व्यवसायीलाई माथि उठाऔं
थलिएको पर्यटन व्यवसायीलाई माथि उठाऔं विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्र नराम्रोसँग थलिएको छ । सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै तामझामका साथ देशी तथा विदेशी पर्यटक भित्र्याउन गरेका प्रयास कोभिडका कारण निरर्थक भए ।
विभाजनले जनभावनामा चोट
विभाजनले जनभावनामा चोट नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद विघटनका साथै आगामी वैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन गराउन राष्ट्रपति समक्ष सिफारिस पारित गरेसँगै नेकपाभित्रको द्वन्द्वले नयाँ रुप लिएको छ । यतिबेला नेकपामा दुई भागमा विभाजन भएको छ ।
संक्रमण भयावह हुनबाट रोकौं
संक्रमण भयावह हुनबाट रोकौं नेपालमा कोरोना संक्रमणको दरमा कमी आएपनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या उच्च हुन थालेसँगै झन असुरक्षा बढ्दै गएको महसुस हुन थालेको छ ।
अस्पताललाई थप प्रभावकारी बनाऊ
अस्पताललाई थप प्रभावकारी बनाऊ देशभरका सरकारी अस्पतालहरुमा कोभिड र ननकोभिडका विरामीहरुको चाप बढ्दै गएको छ । अहिले मौसम परिवर्तनका कारण पनि मौसमी विरामीहरुको चाप अध्याधिक रहेको छ । यस्तो अवस्थामा साधारण विरामीहरुले अस्पतालमा बेड नपाउने र पहुँच भएका विरामीहरुले मात्र उपचार पाउने अवस्था अहिले सिर्जना भएका समाचारहरु बाहिर आएका छन् । स्वास्थ्य सेवामा साधारण...
क्रिसमस पर्वको महत्व
क्रिसमस पर्वको महत्व आज देशभरका इसाई धर्मालम्वीहरुले क्रिसमस पर्व मनाउँदै छन् । जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा हरेक वर्ष यो पर्व मनाइने गरिएको छ । आज शुक्रबार पनि इसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु हुँदै छन् ।
कोरोना महामारी र सरकार
कोरोना महामारी र सरकार विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा कायमै छ । लामो समयसम्म बन्दाबन्दी रहेका सबै क्षेत्रहरु विस्तारै खुल्न थालेपछि संक्रमणको जोखिम कम भएको होकी भन्ने आभास जनमानसमा भएको छ ।
संविधानको मर्म माथि प्रहार
संविधानको मर्म माथि प्रहार प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक बाटोबाट संसद् विघटन गरेर सविधानको मर्म माथि प्रहार गरेका छन् । आफ्नो पार्टीको अन्तर्कलह व्यवस्थापन गर्न असक्षम भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटनको असंवैधानिक अस्त्रको प्रयोग गरे ।
Weather Update