Shittalpati
विश्व मुटु दिवस : हाम्रो अवस्था

उदाहरण दिदा होस् या कुनै पनि कुरामा वर्णन गर्नुपर्दा किन नहोस्, मुटुलाई सबै भन्दा प्यारो मानिन्छ । हृदय, मुटु, माया, भावना र आनन्दलाई परिभाषित गर्दा अभिव्यक्त गर्ने गरिन्छ । मुटु सबै भन्दा प्रिय भएकै कारण पनि मेरो मुटुको टुक्रा भनेर उदारहण प्रस्तुत गरिन्छ । विश्वमुटु संगठनले सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसको रुपमा मनाउँन थालेको हो । मानव शरीरको सबै भन्दा महत्वपूर्ण अंग मुटुलाई स्मरण गर्ने दिवसले स्वास्थ्य सुरक्षाका साथै स्वस्थ्य मुटु बिना मानव जीवन सफल हुन सक्दैन भन्ने कुरालाई स्मरण र मनन् गर्ने सोंचलाई अवसरका रुपमा नेपालमा पनि आज यो वर्षको मुटु दिवस २०७८ विभिन्न सचेतना मूलक कार्यक्रम गरेर मनाईदै छ ।

सन् २०२१ का लागि युज हर्ट टु कनेक्ट, भन्ने नारालाई साकार पार्ने लक्ष्यका साथ नेपाल लगायतका विश्वभर आजको दिन भावना र मानवीयतालाई जोड्दै मुटुको महत्व, सही ख्याल नगर्दा स्वास्थ्यमा पर्ने असर, स्वस्थ्यमुटुका कारण हुने फाईदाका विषयमा व्यापक वहस र अन्तक्र्रिया गरी जागरण ल्याउँने कार्यलाई सहयोगी भूमिका निर्वाह गर्ने दिनका रुपमा नेपालका विभिन्न जिल्लामा सचेतना मूलक कार्यक्रम, बहस र छलफल तथा शिविर गरी मनाउने परम्परा छ । सन् २०१२ मा विश्वव्यापी रुपमा सहकार्य गर्दै सबै सरकार प्रमुखहरुको पहलमा नसर्ने रोगलाई कम गर्दै जाने साझा सहमतिका रुपमा विश्वव्यापी अवधारणा तयार भए संगै शैद्धान्तिक, व्यावहारिक ज्ञान प्राप्त गर्ने महत्वपूर्ण अवसरका रुपमा लाखौं अनि करोडौं मानिसका मुटु समस्याहरुको पहिचान गर्नुका साथै मुटुको सही हेरविचार गर्ने वातावरण निर्माणमा यो दिवस सहयोगी बन्न सकोस भन्ने नै हो । विगत देखि नै नेपालमा पनि मुटुको उपचार पद्धतिमा विषेश महत्व दिनुको कारण यही नै हो भन्ने मान्न सकिन्छ । सहमतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकियो कि सकिएन् र कहाँ के कति उपलब्धी प्राप्त भयो भन्ने समीक्षा गर्ने दिन पनि हो यो दिवस । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा मुटु रोगका कारण विश्वमा वर्षेनी २ करोड भन्दा धेरै मानिसहरुको मृत्यु हुने गरेको छ । यसको प्रभाव नेपालमा पनि दिन प्रति दिन बढी रहेको छ । यसको रोगथाम र न्यूनिकरण तर्फ सम्बन्धित निकायको ध्यान समयमै जानुपर्ने देखिन्छ । दिवसले नेपालका मुटुरोगीहरुको अवस्थाको पहिचान गरी निराकरणमा लाग्ने तर्फ सोच्नै पर्ने वेला आएको हो, भन्नेकुरा सबैले बुझ्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update