नेपालको रोमाञ्चक जित
शनिबार, वैशाख १५, २०८१
निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको आग्रह
शनिबार, वैशाख १५, २०८१
पछिल्लो ससमय इन्टरनेट प्रयोगबाट वित्तिय कारोबार असुरक्षित बन्दै गएपछि राष्ट्र बैंकले त्यसतर्फ सचेत हुन सबैमा अनुरोध गरेको छ । उसले निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार सुरक्षित नहुने भन्दै त्यसबाट कारोबार गर्दा सचेत हुन आग्रह गरेको हो ।
जेठ ११ देखि एमाले पाल्पाको जिल्ला अधिवेशन
शनिबार, वैशाख १५, २०८१
नेपाल कम्युनिस्ट पार्टी (एमाले) पाल्पाको १० औँ जिल्ला अधिवेशन आगामी जेठ ११ देखि गर्ने निर्णय भएको छ । जिल्ला कमिटीको बैठकले जेठको ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
‘जनजिविकाका सवालमा काँग्रेस प्रतिवद्ध छ’
शनिबार, वैशाख १५, २०८१
नेपाली काँग्रेस पाल्पाको नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । काँग्रेसले तानसेनस्थित विपि स्मृति भवनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन गरेको हो ।
बढ्दो वायु प्रदूषण
शनिबार, वैशाख १५, २०८१
विगत केही हप्तायता देशभरि नै वायु प्रदूषण बढिरहेको छ । डढेलोका कारण वायु गुणस्तर अत्यन्तै अस्वस्थ स्तरमा पुगेको छ । हाम्रै आँखाले प्रष्ट देखिने गरी प्रदूषण बढेको छ । यो अवस्थामा प्रदूषणले कुनै न कुनै किसिमको स्वास्थ्य समस्या हुनसक्छ ।
पाल्पामा पनि शिक्षाका लागि विश्व कार्य सप्ताह सुरु
सोमबार, वैशाख १०, २०८१
सबै बालबालिकाले समान र समतामूलक रुपमा शिक्षा पाउनुपर्ने आवाजसहित शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले देशभर शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु गरेको छ । विभिन्न कार्यक्रमसहित सोमबारदेखि कार्यसप्ताह सुरु भएको हो ।
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा
सोमबार, वैशाख १०, २०८१
लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै १५ दिनमै जसपा सरकारबाट बाहिरिएको हो ।
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृहको निर्देशन
आइतबार, वैशाख ९, २०८१
, गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन पुनः निर्देशन दिएका हुन् ।
गुल्मीका विभिन्न ठाउँमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी
शनिबार, वैशाख ८, २०८१
गुल्मीका विभिन्न ठाउँमा शनिबार विहानदेखि भिषण आगलागी भइरहेको छ । जंगल नजिकै रहेका वस्तीमा भिषण आगलागी भइरहेको हो ।
छन्द संरक्षणमा ध्यान देऊ
शनिबार, वैशाख ८, २०८१
छन्द शास्त्रीय काव्यको महत्वपूर्ण आधार हो । यसको प्रयोगले काव्यलाई प्रभावकारी, स्तरीय र पाठकलाई सहजै स्पर्श गर्ने हुनाले परम्परादेखि नै हाम्रो पूर्वीय साहित्य–काव्यमा छन्दको महत्वपूर्ण भूमिका रहने गरेको छ ।
युद्वमा अंग्रेजलाई हराएको खुसियालीमा मनाइयो विजय उत्सव
शुक्रबार, वैशाख ७, २०८१
बुटवलको जितगढीमा नेपाल–अंग्रेज बीच भएको युद्वमा नेपालले विजय हासिल गरेको खुसियालीमा शुुक्रबार विजयी उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुसियालीमा बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जितगढी विजयी उत्सव मनाएको हो ।


