पछिल्लो समय नेपालमा विषादी र रासायनिक मलको अत्यधिक प्रयोग गरेर कृषि व्यवसायी गर्ने गरिएको छ । उत्पादन बढाउने नाममा विषादीको बढी मात्रमा प्रयोग गरिएको पाइन्छ । देशमा उत्पादित कृषि वस्तुुमा मात्र हैन आयातित तरकारी तथा फलफूलमा समेत विषादी अवशेषको मात्रा बढी छ । यसो हुनुु दुुखद् हो । संसारभरि विषादी र रासायनिक मलको अत्यधिक प्रयोगका कारण प्राकृतिक वातावरण र मानव स्वास्थ्यमा गम्भीर असरहरू परेका छन् । यसै कारण अर्गानिक कृषि उत्पादनलाई बढावा दिनु अहिलेको आवश्यकता हो । नेपालमा पनि अर्गानिक कृषि उत्पादनको महत्वलाई बुझ्दै यसलाई प्राथमिकतामा राख्नु अत्यन्तै आवश्यक छ । साधारणतया रासायनिक मल तथा विषादीको प्रयोगबिना गरिने कृषि उत्पादन कार्यलाई अर्गानिक कृषि भनिन्छ । बढ्दो उत्पादन लागत, रासायनिक मल तथा विषादीको प्रयोगले जीव–जनावर तथा वातावरणमा पार्दै गइराखेको नकारात्मक प्रभाव, उत्पादन सामग्रीको अभाव, भौगोलिक विकटताले रासायनिक उत्पादन सामग्रीको वितरणमा अप्ठ्यारो र कृषि कर्मबाट किसानको खस्कँदो आम्दानी जस्ता कारणले देशमा रासायनिक कृषि प्रणालीको विकल्प खोज्नुपर्ने बेला आएको छ । अर्गानिक कृषि प्रणाली नेपाली किसानको जीवनस्तर सुधार्न र समग्र कृषिको दिगो विकासका लागि महत्वपूर्ण सावित हुनसक्छ । यसका लागि उत्पादनकर्ताका साथै सरकारी तथा गैरसरकारीस्तरबाट केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्ने देखिन्छ । कृषि उत्पादनमा विषादीको प्रयोग प्रकृतिको विनास हो । विषादीले कृषकहरूको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँछ । कृषकमा धेरै प्रकारका क्यान्सर र अन्य जटिल रोगहरूको जोखिम देखिएका छन् । यसैले, सरकारले अर्गानिक कृषि उत्पादनमा जोड दिनु अति आवश्यक छ । स्थानीय, प्रदेश र संघीय सरकारले अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन दिने नीतिहरू लागू गर्नुपर्नेछ । कृषकहरूले अब अर्गानिक कृषि प्रणाली अपनाउन आवश्यक छ । विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याइरहेको परिप्रेक्ष्यमा यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्नेतर्फ सबै नागरिकले ध्यान दिनुुपर्छ । विषादीका कारण उमेरमै धेरै मानिसहरु रोगी बन्न पुगेका छन् । यसलाई समयमै नरोक्ने हो भने अवस्था विकराल बन्दै जाने छ । यसर्थ विषादीको प्रयोग भयावह भइरहेको अवस्थामा सरकारले प्राङ्गारिक कृषि उत्पादनमा जोड दिँदै किसानलाई अर्गानिक कृषि प्रणालीतर्फ आकर्षित गराउनेतर्फ ध्यान दिन जरुरी छ ।