गुल्मी मदानेका महिलालाई बाख्रा उपहार
बुधबार, साउन २०, २०७८
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलविरुद्ध फेरी अविश्वासको प्रस्ताव दर्ता
मंगलबार, साउन १९, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरी अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
पाल्पा प्रशासन कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि सेवा स्थगन
मंगलबार, साउन १९, २०७८
जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि सेवा केही समयका लागि स्थगन गरिएको छ । मंगलबार कार्यालयमा कार्यरत ९ जना कर्मचारीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जना कर्मचारीमा संक्रमण देखिएपछि साउन २९ गतेसम्मका लागि कार्यालयको सेवा स्थगत गरिएको हो ।
पाल्पा कोरोना अपडेट: मंगलबार ४७ जना नयाँ संक्रमित थपिए, ४८ जना निको
मंगलबार, साउन १९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४७ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १९ जना र एन्टिजेन परीक्षणमा २८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
४१ राजनीतिक दलको दर्ता खारेज, हेर्नुहोस् नामवली सहित
मंगलबार, साउन १९, २०७८
विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज भएको छ । निर्वाचन आयोगले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्र आयोगमा नबुझाउने राजनैतिक दलहरुको दल खारेज गरेको हो ।
लुम्बिनी प्रदेशमा नयाँँ सरकार गठनको गृहकार्य
मंगलबार, साउन १९, २०७८
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य चलेको छ । कांँग्रेस नेतृत्वको संघीय सरकारले तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरी अमिक शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेपछि लुम्बिनी प्रदेशको विपक्षी गठबन्धन नयाँ सरकार बनाउने गृहकार्यमा लागेको हो ।
मन्त्रिमण्डललाई पूर्णता देऊ
मंगलबार, साउन १९, २०७८
नयाँ सरकार गठन भएको तीन साता वितिसक्दा समेत मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।
सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमा माथिबाट ढुंगा खसेर लाग्दा एकको मृत्यु, एक घाइते
मंगलबार, साउन १९, २०७८
सिद्धबाबा क्षेत्रमा गुडिरहेको लु २ च ७३८७ नम्बरको जिपमा माथिबाट ढुंगा खसेर लाग्दा एकको मृत्यु भएको छ ।
मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना
सोमबार, साउन १८, २०७८
गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो ।
पाल्पा कोरोना अपडेट : सोमबार ५७ जना नयाँ संक्रमित थपिए
सोमबार, साउन १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५७ जना नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य राज्यमन्त्रीले सरकारी सुविधा नलिने
सोमबार, साउन १८, २०७८
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यबाट कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । पदभार सम्हालेको १० औं दिनमा मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल प्रेस मिटमा श्रेष्ठले सुरक्षाकर्मीबाहेक सरकारले दिने तलबभत्ता, आवासलगायत सुविधा नलिने बताएका हुन् ।


