गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान
शनिबार, भदौ १९, २०७८
रेडक्रस स्थापना दिवस : दमकडामा कोभिड सचेतना
शनिबार, भदौ १९, २०७८
नेपाल रेडक्रस माण्डव्य उपशाखा दमकडाले कोभिड १९ विरुद्धको सचेतना कार्यक्रम गरेको छ । रेडक्रसको ५९ औं स्थापना दिवसको अवसरमा उपशाखाले शनिबार तानसेनको दमकडामा सचेतना कार्यक्रम गरेको हो ।
अर्घाखाँचीमा भएको बस दुर्घटनामा एकको मृत्यु
शनिबार, भदौ १९, २०७८
अर्घाखाँचीको शीतगंगा नगरपालिकामा शनिबार बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन् ।
निजामती कर्मचारी युनियन गुल्मीद्वारा कैदीबन्दीलाई खाना पकाउने सामान सहयोग
शनिबार, भदौ १९, २०७८
नेपाल निजामती कर्मचारी युनियन गुल्मीले जिल्ला कारागारका कैदीबन्दीको लागि खाना पकाउने सामान सहयोग गरेको छ । युनियनले नेपाल निजामती कर्मचारी युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर गुल्मी कारागारका कैदीबन्दीहरुका लागि खाना पकाउनका लागि आवश्यक पर्ने ढक्कन सहितको ठूलो डेक्ची दुई थान सहयोग गरेको हो ।
पाल्पाका युवाहरुको आकर्षण चित्रकलामा, चित्र कोरेरै मासिक ५० हजार आम्दानी
शनिबार, भदौ १९, २०७८
एउटा हातको चिम्टाले घोच्दै र अर्को हातको ढुङ्गो फुकिरहेका किशोरले कोइला बालिरहेका छन् । उनकै अगाडि करिब ५५ वर्षका पुरुष सुनको गहना बनाउन व्यस्त छन् । काम गरिरहेको कोठाको कतै परम्परागत शैलीका सुनचाँदीका गहना त कतै जिल्लाका रमणीयस्थलका चित्र प्रशस्तै छन् ।
संभावना बोकेका लघु कथाकार : नारायण कोइराला
शनिबार, भदौ १९, २०७८
लुम्बिनी प्रदेश पाल्पा तानसेन सुन्दर गाँउ निवासी माता हरिकला कोइराला र पिता भुवनप्रसाद कोइरालाका साइला सुपुत्र नारायण प्रसाद कोइरालाको जन्म वि.सं. २०३४ साल मंसिर ८ गते भएको हो ।
टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह
शनिबार, भदौ १९, २०७८
नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।
काँग्रेसमा युवा नेतृत्व आवश्यक
शनिबार, भदौ १९, २०७८
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि शुक्रबार करिव ४५ जिल्लामा मात्र अधिवेशन भयो ।
लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर
शुक्रबार, भदौ १८, २०७८
लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । १० बाट १३ मन्त्रालय पुर्याएको सरकारले साउन २९ मा नियुक्ति भएकै मन्त्रीहरुको कार्यविभाजन गरेको हो ।
पर्वतमा पहिरोमा परी दशको मृत्यु
शुक्रबार, भदौ १८, २०७८
पर्वतको विभिन्न ठाउँमा शुक्रबार गएको पहिरोमा परेर दश जनाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी दशक जनाको ज्यान गएको हो ।
पाल्पामा थप १४ संक्रमित कोरोनामुक्त
शुक्रबार, भदौ १८, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप १४ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १४ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
पाल्पा र गुल्मीमा शुक्रबार काँग्रेसको वडा अधिवेशन हुन सकेन
शुक्रबार, भदौ १८, २०७८
नेपाली काँग्रेसको शुक्रबार हुने भनिएको वडा तहको अधिवेशन पाल्पा र गुल्मीमा हुन सकेन । केही वडाको क्रियाशील सदस्यता छुटेको र निर्वाचन अधिकृत आउन ढिलाइ गरेका कारण निर्धारित मितिमा वडा अधिवेशन हुन नसकेको हो ।


