Shittalpati
पुल नहुँदा जोखिमपूर्ण यात्रा
पुल नहुँदा जोखिमपूर्ण यात्रा साउन जिल्लाको सदरमुकाम तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्ग भित्रका विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । यस सडक खण्ड भित्र पर्ने ५ वटा खहरे खोलाहरुमा सवारीसाधन तथा सर्वसाधारणका लागि पुलको व्यवस्था नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
पाल्पामा शिक्षक र कर्मचारीलाई खोप लगाइँदै
पाल्पामा शिक्षक र कर्मचारीलाई खोप लगाइँदै पाल्पामा शनिवारदेखि शिक्षक र कर्मचारीहरुका लागि कोरोना भाइरस विरुद्धको खोप लगाइँदै छ । शिक्षकहरुको आन्दोलन पछि जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई खोप लगाउन लागिएको हो ।
बजारमा अस्वस्थकर मासु बिक्री
बजारमा अस्वस्थकर मासु बिक्री बुटवलको बजारमा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा कतिपय पसलमा अस्वस्थकर र सडेको मासु बिक्रीका लागि राखिएको पाइएको हो ।
बगनासकालीमा प्रशासकीय अधिकृतको विदाइ र स्वागत
बगनासकालीमा प्रशासकीय अधिकृतको विदाइ र स्वागत जिल्लाको बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत र विदाइ गरिएको छ । गाउँपालिकामा यस अघि रहेका सुरेश घिमिरेको विदाइ र नयाँ प्रशासकीय अधिकृतका रुपमा आएका विष्णु घर्तीलाई एक औपचारिक कार्यक्रमका बिच स्वागत गरिएको हो ।
खोपमा सरकारको अर्जुनदृष्टि
खोपमा सरकारको अर्जुनदृष्टि बहुमतको सरकार ढलेपछि अहिले परमादेशबमोजिम सरकार गठन भएको छ । नेपाली काँग्रेसका सभापति शेरबाहदुर देउवाको नेतृत्वमा सरकार बनेको छ । १ सय ६५ सांसदको विश्वासको मतका आधारमा यो सरकार बनेको हो ।
गुल्मीमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न नेविसंघको ध्यानाकर्षण
गुल्मीमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न नेविसंघको ध्यानाकर्षण नेपाली विद्यार्थी संघ गुल्मीले सवारी दुर्घटना कम गर्न पुराना गाडीको विस्थापन र चालकलाई अभिमुखिकरण तालिम उपलब्ध गराउन अनुरोध गरेको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै नेविसंघले अनुरोध गरेको हो ।
नविन्द्रराज जोसीको स्मृतिमा पाल्पाको हुँगीमा स्वास्थ्य सामग्री वितरण
नविन्द्रराज जोसीको स्मृतिमा पाल्पाको हुँगीमा स्वास्थ्य सामग्री वितरण नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको स्मृतिमा पाल्पाको रम्भा गाउँपालिका १– हुँगीमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेस हुँगी गाउँ समितिको समन्वयमा हुँगी स्वास्थ्य चौकीमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।
लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त
लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीनजना सांसद पदमुक्त भएका छन् । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय हुन् ।
फोन पाठशालाको उपलब्धी र योजनाका विषयमा छलफल
फोन पाठशालाको उपलब्धी र योजनाका विषयमा छलफल फोन पाठशालाको उपलब्धी र योजनाका विषयमा छलफल गरिएको छ । जिल्लामा सञ्चालित रुम टु रिडको सहयोग र बेस नेपालको व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत फोन प्रयोगशालाको उपलब्धी र योजनाका विषयमा जिल्लाका प्राथमिकतहका शिक्षकहरु बीचको अन्तर सञ्जाल अनलाईनमार्फत छलफल भएको हो ।
रामपुरमा ट्याक्टर दुर्घटना : दुई घाइते
रामपुरमा ट्याक्टर दुर्घटना : दुई घाइते जिल्लाको रामपुर नगरपालिका –८ आँपचौरमा ट्याक्टर दुर्घटना भएको छ । भुजातदेखि रामपुरतर्फ जाँदै गरेको लु २ त ६६०६ नम्बरको ट्याक्टर आँपचौरस्थित कालीगण्डकी करिडोर सडक खण्डमा शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
अनुदानमा परनिर्भरता रोक्न उद्यमीबीच प्रतिष्पर्धा
अनुदानमा परनिर्भरता रोक्न उद्यमीबीच प्रतिष्पर्धा गुल्मीको मुसिकोट नगरपालिका –१ की दुर्गा थापालाई जिविकोपार्जनका लागि श्रीमानलाई विदेश नै पठाउनुपर्छ भन्ने कहिले लागेन । बरु श्रीमानले विदेश जाने मनशाय बनाउँदा पनि उनले कयौँपल्ट रोकिन् ।
Weather Update