Shittalpati
माथागढीले दियो स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता
माथागढीले दियो स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाले सुरुवातदेखि नै सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो ।
बाढी–पहिरोका कारण गुल्मीको पुर्तिघाट बजार जोखिममा
बाढी–पहिरोका कारण गुल्मीको पुर्तिघाट बजार जोखिममा गएराती देखि परेको अविरल बर्षाका कारण पुर्तिघाट बजार बाढी–पहिरोको उच्च जोखिममा रहेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको कार्यालय नजिकै पुर्तिघाट बजारमा बाढी सहितको पहिरो गएपछि जोखिम बढेको हो ।
पाल्पाको तिनाउमा पहिरोले घर पुरिदा एकको मृत्यु, एक वेपत्ता
पाल्पाको तिनाउमा पहिरोले घर पुरिदा एकको मृत्यु, एक वेपत्ता पाल्पामा गएराती देखी परेको अविरल बर्षाका कारण पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । पहिरोमा परी ६ जना घाईते छन् । तिनाउँ गाउँपालिका – ५ गिट्टी खानी, हिउदे खोला क्षेत्रमा माथिबाट झरेको पहिरोले घर बगाउदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको छ ।
निस्दीका विपन्न परिवारलाई राहत सामग्री
निस्दीका विपन्न परिवारलाई राहत सामग्री जिल्लाको निस्दी गाउँपालिका भित्र रहेका विपन्न परिवारका लागि राहत सामग्री वितरण गरिएको छ । रुम टु रिड नेपालको आर्थिक सहयोग र पछौटेपन उन्मुलन समाज (बेस) नेपालको समन्वयमा यहाँका विपन्न ३४ घरपरिवारलाई विभिन्न राहत सामग्री वितरण गरिएको हो ।
पाल्पामा विद्यार्थीलाई खोप उपलब्ध गराउन नेविसंघको माग
पाल्पामा विद्यार्थीलाई खोप उपलब्ध गराउन नेविसंघको माग नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले विद्यार्थीहरुलाई कोभिड खोप उपलब्ध गराउन माग गरेको छ । कोरोना महामारीबाट विद्यार्थीहरु समेत प्रभावित भएको भन्दै नेविसंघले खोप उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको हो ।
पाल्पा कोरोना अपडेट : बुधबार ७० जनामा संक्रमण, ३९ संक्रमित निको
पाल्पा कोरोना अपडेट : बुधबार ७० जनामा संक्रमण, ३९ संक्रमित निको जिल्लामा पछिल्लो २४ घण्टामा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७० जनामा कोरोना संक्रमण देखिएको हो ।
गुल्मी खड्गकोटका उपभोक्तालाई विद्युत महसुलमा छुट
गुल्मी खड्गकोटका उपभोक्तालाई विद्युत महसुलमा छुट जिल्लाको कालिगण्डकी गाउँपालिका– ६ खड्गकोटका उपभोक्ताहरुलाई विद्युत महसुलमा छुट दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण प्रभावित उपभोक्ताहरुलाई राहत स्वरुप तीन महिनाको विद्युत महसुलमा शतप्रतिशत छुट दिइएको हो ।
पाल्पामा टिपर दुर्घटना:चालकको मृत्यु
पाल्पामा टिपर दुर्घटना:चालकको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका –५ चरचरे स्थित सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । चुन ढुङ्गा लोड गरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० नंम्वरको एआर कन्स्ट्रक्सन टिपर सिद्धार्थ राजमार्गमा आज विहान दुर्घटना भएको हो ।
पत्रकारितालाई पेसाको रुपमा स्थापित गर्न सकिएको छैन: पहाडी
पत्रकारितालाई पेसाको रुपमा स्थापित गर्न सकिएको छैन: पहाडी राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष तथा संविधान सभा सदस्य विनोद पहाडीले पत्रकारितालाई अझै पनि पेसाको रुपमा स्थापित गर्न नसकिएको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति गुल्मीले आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष पहाडीले समाजले अझै पनि पत्रकारितालाई पेसाको रुपमा स्वीकार्न नसकिरहेको बताएका हुन् ।
पाल्पा कोरोना अपडेट : मंगलबार ३७ जना नयाँ कोरोना संक्रमित थपिए, १७ संक्रमित निको
पाल्पा कोरोना अपडेट : मंगलबार ३७ जना नयाँ कोरोना संक्रमित थपिए, १७ संक्रमित निको जिल्लामा पछिल्लो २४ घण्टामा ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।
Weather Update