काठमाडौं(एजेन्सी), नेपालको अग्रणी अनलाइन बजार दराजले ग्राहकको लागि अनलाइन शपिंग अझ सुविधाजनक बनाएको छ । आईएमईपेसँग साझेदारी गरी देशका विभिन्न भागमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भको दराजले घोषणा गरेको छ । यस साझेदारीको माध्यमबाट, चयन आईएमई पे हब दराज ग्राहकको लागि ड्रप अफपोइन्ट्सको रूपमा कार्यमा आउने छ र सामान रिटर्नको लागि एक अधिक सुविधाजनक र परेशानीमुक्त उपाय प्रदान गर्ने छ । ग्राहकहरु अब केवल आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसँग फिर्ता गर्न सक्ने छन् ।
दराज जस्तै ई–वाणिज्य र आईएमई पे जस्तो फिनटेक कम्पनी बिच यस हिसाबको साझेदारी नेपालमा पहिलो पटक उत्पन्न भएको दराजले जनाएको छ । यस साझेदारीको उद्देश्य भने ग्राहकलाई अनलाईन डिजिटल प्लेटफर्मको प्रयोग गर्न अतिरिक्त कारणहरु पेश गर्नुको साथ साथै ई–वाणिज्य इकोसिस्टमलाई अझै माथि बढ्न मद्दत गर्नु पनि हो । दराजको हबबाहेक, ग्राहकहरु अब उपत्यका भित्र र बाहिरस्थित चयन आईएमई पे हबहरुमा गई आफ्नो प्याकेज फिर्ता गर्नको लागि छोड्न सक्ने छन् । कम्पनीले बज्र सब रेमिटः जोरपाटी काठमाडौं, हेलो हाई कनेक्सनः जावलाखेल ललितपुर, सिम्पल सब मनि ट्रान्सफर कोटेश्वोर काठमाडौं,पीबी ट्राभल्स एंड टुर्सः बुद्ध चोक पोखरा,सामभावी ट्रेडर्स बैंक अफ काठमाडौँ, विराटनगर, न्यू विरगञ्जमनि ट्रान्सफर भानु चोक विरगञ्जलगायतका स्थानबाट प्याकेज फिर्ता गर्न सक्ने जनाएको छ ।
कम्पनीले थप १८ वटा स्थानहरु अर्को हप्ताभित्र खोलिने पनि जानकारी दिएको छ । यसैगरी, ग्राहकहरुले दराज एपमार्फत सामान फिर्ता गर्ने क्रममा दुई विकल्पहरुको चयन गर्न पाउने छन् । पहिलो विकल्प भने ग्राहकहरुले दराजको डेक्स राईडरलाई बोलाई आफ्नो सामान फिर्ता दिएर पठाउन सकिने छ भने दोस्रो विकल्प इच्छुक ग्राहकहरु आफै ड्रप अफपोईण्टमा गई सामान छोड्न सक्ने छन् । यदि दोस्रो विकल्प छनौट गरी ड्रप अफपोईण्टमा गए, ग्राहकहरुलाई फ्रन्ट डेस्क अपरेटरले सामान फिर्ता गर्ने प्रक्रियाहरुको सबै जानकारी दिने छ ।