Shittalpati
बाढीमा मृत्यु हुनेको संख्या एक हजार ४ सय ५४  पुग्यो

पाल्पा, रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ४ सय ४५ पुगेको छ ।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मंगलबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट गरी १ हजार ४ सय ५४ जनाको शव फेला परेको हो ।

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३ सय ६९, रसुवामा २ सय ३६, नवलपरासी पूर्वमा २ सय ३२, नवलपरासी पश्चिममा २ सय २२ र नुवाकोटमा २ सय ४ जनाको शव फेला परेको छ। त्यस्तै धादिङमा ७२, गोरखामा ७९ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । यसबाहेक काठमाडौंमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको जनाइएको छ । बाढी तथा त्यसबाट सिर्जित विपद्का कारण ज्यान गुमाएकाहरूको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । फेला परेका शवको पहिचानका क्रममा डीएनए नमुना सड्ढलन गर्ने तथा अन्य कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्ने काम भइरहेको छ । हालसम्म एक हजार ३ सय ३४ वटा शव व्यवस्थापन गरिएको छ । पहिचान तथा थप प्रक्रिया पूरा गर्नुअघि व्यवस्थापन गरिएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको जनाइएको छ । शव पहिचानका लागि मृतकका तर्फबाट एक हजार ३ सय ३० वटा र आफन्तका तर्फबाट २ हजार ६६ वटा गरी कुल ३ हजार ३ सय ९६ वटा डीएनए नमुना सड्ढलन गरिएको छ ।

यसबाट पहिचान हुन बाँकी शवहरूको विवरण मिलान गरी आफन्तलाई शव बुझाउने प्रक्रिया अघि बढाइने छ । यसैबीच, पहिचान हुन नसकेका १ हजार ४ सय २१ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ । उद्धार, बेपत्ता व्यक्तिको खोजी, राहत वितरण, शव व्यवस्थापन तथा अन्य आवश्यक कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । बाढीपछि अझै ठूलो संख्यामा मानिसहरू बेपत्ता रहेको जनाइएको  छ । मंगलबार दिउँसो २ बजेसम्म ४ हजार ७ सय १८ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको  छ । सुरक्षाकर्मी तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update