पाल्पा, हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पितृकार्यअन्तर्गत पर्ने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म मनाइने सोह्रश्राद्धका क्रममा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने परम्परा रहेको छ ।
सोह्रश्राद्धमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धाभक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । पितृपक्षका वेलामा पितृलोकबाट दिवंगत पितृहरू पिण्ड, पानीको आसले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाङ्कि,वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ । हाम्रो समाज पितृप्रधान रहेकाले मूल पुरुषको तिथीमा अन्य पूर्खालाई स्मरण गरी श्राद्ध गरिने परम्परा रहेको छ । एकतिष्ट, पार्वानी, महालयलगायत श्राद्ध प्रचलनमा छ । सोह्रश्राद्धलाई महालय पनि भनिन्छ । श्राद्ध भनेको दिवंगत आत्मालाई श्रद्धार्पण गर्ने काम हो । सोह्रश्राद्धको वैदिक संस्कृतिमा विशेष महत्व छ । यस अवसरमा शास्त्रीय रूपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख छ ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला मांगलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बख्रीको बÞमकपाल तीर्थमा गरिने ब्रÞम कपाली जस्ता श्राद्धहरू प्रचलित रहेका छन् । पितृपक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला मांगलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बख्रीको ब्रÞमकपाल तीर्थमा गरिने ब्रÞम कपाली जस्ता श्राद्धहरू प्रचलित रहेका छन् ।


