गुल्मीमा दलित सुकुम्बासीलाई लालपुर्जा
आइतबार, फागुन १, २०७८

आजदेखि पाल्पाका विद्यालय खुले
आइतबार, फागुन १, २०७८
जिल्लाका विद्यालयहरु आजदेखि खुलेका छन् । कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले शुक्रबार ९ बुँदे आदेश जारी गर्दै शैक्षिक संस्था तथा विद्यालयहरु खोल्न सक्ने बताएसँगै आजदेखि खुलेका हुन् ।

पाल्पाको माथागढीमा नाच गान गर्ने क्रममा लडेर एक पुरुषको मृत्यु
शनिबार, माघ २९, २०७८
जिल्लाको माथागढी गाउँपालिका ७ धनुवाटोलमा विहेको भोज खाई नाच गान गर्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ । माथागढी –७ मौलाथरका ४० वर्षीय टलराज नेपालीको विहेको भोज खाई नाच्ने क्रममा शनिबार मृत्यु भएको हो ।

पाल्पा दरबार संग्रहालय विकास समितिमार्फत सञ्चालन हुने
शनिबार, माघ २९, २०७८
लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय पाल्पा दरबार संग्रहालय सञ्चालनका निम्ति विकास समिति गठन गर्ने तयारी गरेको छ ।

रानीचुँडी लिप्ट खानेपानी समितिको भेला दमकडामा
शनिबार, माघ २९, २०७८
जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रानीचुँडी लिप्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भेला आयोजना गरिएको छ ।

पाल्पामा शनिबार थप २९ जना संक्रमणमुक्त
शनिबार, माघ २९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २९ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २१ जना महिला र ८ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।

फागुन १ देखि पाल्पाका सबै शैक्षिक संस्थाहरु खुल्ने
शनिबार, माघ २९, २०७८
आगामी फागुन १ गतेदेखि जिल्लाका सम्पूर्ण शैक्षिक संस्था तथा विद्यालयहरू खुल्ने भएका छन् । कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले ९ बुँदे आदेश जारी गर्दै शैक्षिक संस्था तथा विद्यालयहरु खोल्न सक्ने बताएसँगै फागुन १ गतेदेखि खुल्ने भएका हुन् ।

पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
शनिबार, माघ २९, २०७८
जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा दुई जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका र रम्भा गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएका घटनामा दुई जनाको मृत्यु भएको हो ।

जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार
शनिबार, माघ २९, २०७८
जिल्लाको माथागढी गाउँपालिका ८ बहादुरपुरका जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार दिइएको छ । चिसोका कारण सबै भन्दा बढी जेष्ठ नागरिक प्रभावित हुने भन्दै गाउँपालिकाले वडाका कार्यालयको संयोजनमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडासँगै पौष्टिक आहार दिएको हो ।

महामारी कायमै छ लापरवाही नगरौं
शनिबार, माघ २९, २०७८
पछिल्लो समय कोरोना महामारी केही साम्य भएको जस्तो देखिएको छ । तर संक्रमणको दरमा केही कमी भई साम्य भएजस्तो देखिए पनि पनि यसको संक्रामकतामा भने कमी आएको छैन ।

निर्धन उत्थान लघुवित्तको नाफा बढ्यो
शनिबार, माघ २९, २०७८
नेपालको वित्तिय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । संस्थाको गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ८ दशमलव ६ गुणाले बढेको हो ।

वैशाखबाट नयाँ शैक्षिक सत्र
शुक्रबार, माघ २८, २०७८
विश्वभर फैलिएको कोरोना संक्रमणका कारण विथोलिएको शैक्षिक सत्र यो वर्ष वैशाखबाटै भौतिक उपस्थितीमा गर्ने तयारी थालिएको छ । संक्रमण अवस्था साम्य भए वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको योजना छ ।

पाल्पामा शुक्रबार थप ६८ जनाले कोरोना जिते
शुक्रबार, माघ २८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६८ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ४१ जना महिला र २७ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।