योजना लिएर जाऊ
शनिबार, चैत ५, २०७८
कालिगण्डकी नदीमा एक पुरुष मृत भेटिए
शनिबार, चैत ५, २०७८
जिल्लाको रामपुर नगरपालिका ८ आपचौरस्थित कालिगण्डकी नदीमा एक पुरुष मृत भेटिएका छन् । स्याङ्जा गल्याङ नगरपालिका १ मालुङ्गाका ६० वर्षीय मानबहादुर विक शुक्रबार साझाँ कालीगण्डकी नदीमा मृत भेटिएका हुन् ।
रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको खोलामा डुवेर मृत्यु
शुक्रबार, चैत ४, २०७८
रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको खोलामा डुवेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –८ की १८ वर्षीया प्रसन्न पोखरेलको पाल्पाको तिनाउ गाउँपालिका –३ भूतखोलामा डुबेर मृत्यु भएको हो ।
स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
शुक्रबार, चैत ४, २०७८
स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।
प्रजातन्त्रवादी प्राध्यापक संघ रेसुङ्गाको सभापतिमा भण्डारी
शुक्रबार, चैत ४, २०७८
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल रेसुङ्गा बहुमुखी एकाइ समिति गुल्मीको सभापतिमा मुकुन्दप्रसाद भण्डारी निर्वाचित भएका छन् । संघको पाँचौ साधारण सभा तथा अधिवेशनबाट भण्डारी सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
काँग्रेस पाल्पाले सम्झियो सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीलाई
बुधबार, चैत २, २०७८
नेपाली काँग्रेस पाल्पाले सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरुलाई सम्झिएको छ । उसले देशमा लोकतान्त्रिक व्यवस्था ल्याउनमा अहम भूमिका खेलेका सेवा निवृत्त कर्मचारीहरुलाई पार्टी कार्यालयमा राखेर अन्तक्र्रियासँगै छलफल गराई उनीहरुको योगदानको कदर गर्दै सम्झिएको हो ।
पाल्पाको निस्दीमा एक पुरुष मृत भेटिए
बुधबार, चैत २, २०७८
जिल्लाको निस्दी गाउँपालिका –७ सातमुरेमा एक पुरुष मृत भेटिएका छन् । सातमुरेस्थित एक होटलमा निस्दी परोखराछापका ३५ वर्षीय पदमबहादुर आले बुधबार विहान मृत भेटिएका हुन् ।
पाल्पाको रैनादेवी छहरामा आगोले जलेर एक पुरुषको ज्यान गयो
बुधबार, चैत २, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ ढुकुरखोलामा आगोले जलेर एक पुरुषको ज्यान गएको छ । मंगलबार राती घरको कोठामा एक्कासी आगलागी हुँदा ढुकुरखोलाका ५९ वर्षीय हरिबहादुर कुमालको ज्यान गएको हो ।
पाल्पाली ढाकाको ‘ब्राण्डिङ’ गरिदैं
बुधबार, चैत २, २०७८
पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुवात गरिएको हो ।
गुल्मीमा १ सय ८४ जनाको मोति विन्दुको शल्यक्रिया
बुधबार, चैत २, २०७८
जिल्लामा सञ्चालित शिविरमार्फत १ सय ८४ जनाको निःशुल्क मोति विन्दुको सफल शल्यक्रिया गरिएको छ । डाक फाण्डेनसको सहयोग तथा जिल्ला आँखा उपचार केन्द्र तम्घासको सहकार्यमा सञ्चालन गरिएको शिविरमा १ सय ८४ जनाको निःशुल्क मोति विन्दुको सफल शल्यक्रिया गरिएको हो ।
स्वास्थ्य बिमाका विरामीको समस्या समाधान गर्न माग
बुधबार, चैत २, २०७८
स्वास्थ्य बिमा बोर्डको लापरवाहीका कारण विरामीले अनावश्यक दुःख पाएपछी नेकपा एमाले पाल्पाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएको छ ।
ग्लोबल र आईसीएफसी बीच सम्झौता
बुधबार, चैत २, २०७८
ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता भएको छ । आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको हो ।


