सरकारको बजेट खर्च सुस्त, सात महिनामा ४० प्रतिशत मात्रै
आइतबार, फागुन ४, २०८१

कृषि अनुदान प्रणाली सुधार
आइतबार, फागुन ४, २०८१
किसानको उन्नति र विकासका लागि सरकारले वर्षेनी अर्बौँको बजेट छुट्याएको हुन्छ । त्यही बजेटमार्फत किसानलाई विभिन्न प्रकारका कृषि सामग्रीमा अनुदान, उत्पादनमा आधारित अनुदान, आय सुनिश्चितता अनुदान दिने गरिन्छ । हरेक वर्ष पशुपालन र उन्नत खेतीदेखि कृषि औजार खरीदमा अनुदानका कार्यक्रम चलेका छन् ।
व्यवहारिक र नैतिक शिक्षा आजको आवश्यकता हो : नगर प्रमुख थापा
शनिबार, फागुन ३, २०८१
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले व्यवहारिक र नैतिक शिक्षा आजको अवश्यवकता रहेको बताएका छन् । जनविकास माध्यमिक विद्यालय रामपुरको ६२ औँ वार्षिक उत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन
शनिबार, फागुन ३, २०८१
मुलुकको आर्थिक अवस्था जर्जर छ । तर, भ्रष्टाचार भने मौलाउँदो छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले भ्रष्टाचार व्याप्त हुने सूचीमै नेपाललाई राखेको छ । टीआईले हालै सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२४ ले पनि भ्रष्टाचार मुलुकको गम्भीर समस्याका रूपमा देखाएको छ ।

रानीमहल क्षेत्रको विकासमा दुई प्रदेश सरकारको प्रतिबद्धता
शुक्रबार, फागुन २, २०८१
पाल्पाको ऐतिहासिक पर्यटकीयस्थल रानीमहल क्षेत्रको विकासका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारले साझा प्रतिबद्धता जनाएका छन् । रानीमहलमा बुधबार बसेको दुई प्रदेशको समन्वयात्मक बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रानीमहलको प्रवद्र्धन र संरक्षण तथा यस क्षेत्रमा जलाशय सहितको पर्यटकीय पूर्वाधार विकास गर्न संयुक्त कार्य...

नेप्से एकल अंकले घट्यो
बिहीबार, फागुन १, २०८१
साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । नेप्से ७ दशमलव २६ अंकले घटेको हो । नेप्से घटेसँगै २ हजार ६ सय ७८ दशमलव ४७ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ७ दशमलव २६ अंकले घटेको थियो ।

अब जनतालाई समृद्ध बनाउने अभियानको थालनी गर्नुपर्छ : प्रचण्ड
बिहीबार, फागुन १, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनतालाई समृद्ध बनाउने अभियानको थालनी गर्नुपर्ने बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइँदै
बिहीबार, फागुन १, २०८१
विश्व रेडियो दिवस आज नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

आगोमा जलेर एक वृद्धको मृत्यु
बुधबार, माघ ३०, २०८१
जिल्लामा आगोमा जलेर एक वृद्धको मृत्युु भएको छ । धुर्कोट गाउँपालिका–७ वाग्लामा आगो ताप्ने क्रममा जलेर ८० वर्षीय इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कालिगण्डकी नदिमा हुँगीका ८७ वर्षीय वृद्धको शव फेला
सोमबार, माघ २८, २०८१
कालीगण्डकी नदीमा एक वृद्धको शव फेला परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका –८ ज्याग्दीघाटस्थित कालिगण्डकी नदि किनारमा पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका ८७ वर्षीय देबिलाल भट्टराईको शव फेला परेको हो ।