निर्वाचन आयोगले दियो काँग्रेसको आधिकारिकता गगन–विश्व समूहलाई
पाल्पा, निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा र विश्वप्रकाश शर्माको पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो ।
२७–३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापतिमा चयन गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२
प्रतिक्रिया दिनुहोस्


