पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा टिपर दुर्घटना भएको छ । आज विहान नवरलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको ना ८ ख ३६५ नम्वरको टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय केशव सुनारको रहेको प्रहरी चौकी अर्गेलीले जनाएको छ । टिपर सडकदेखि २ सय ५० मिटर तल खोलामा खसेको हो । टिपर विहान ४ बजे दुर्घटनामा परेको हो. । मृतकको ठेगाना भने खुल्न सकेकने छैन । मृतक चालक भएको हुन सक्ने जनाइएको छ । गाडीमा अरु पनि सवार थिए थिएन् भन्ने कुरा खुल्न नसकेको घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।
खोला र झाँडी भएकाले खोजी कार्य भइरहेको छ । दुर्घटना लगत्तै प्रहरी चौकी हार्थोक र अर्गलीबाट प्रहरी घटनास्थल पुगेको थियो । विहानै अध्यारो भएकाले अनुसन्धानमा कठिनाई भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


-1762576335.jpg)