पाल्पा,— नेपाली कांग्रेसले पाल्पाका दुवै क्षेत्रमा उम्मेद्वारको टुंगो लगाएको छ। दुवै निर्वाचन क्षेत्रमा सोमबार अबेर मात्रै उम्मेदवारको टुंगो लागेको हो ।
काङ्ग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि प्रत्यक्ष तर्फ यहाँका दुबै क्षेत्रमा नयाँ अनुहारका युवा नेतालाई उम्मेदवार चयन गरेको छ । काङ्ग्रेसले पाल्पा क्षेत्र नं १ मा सन्दीप राना र क्षेत्र नं २ मा हिमालदत्त श्रेष्ठलाई उम्मेदवार बनाएको हो ।
पाल्पा क्षेत्र नं १ मा टिकट पाएका राना नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हुन् ।
पाल्पा क्षेत्र नं २ मा टिकट पाएका श्रेष्ठ कांग्रेसका जिल्ला सभापति हुन् । दुबै जना उम्मेदवार कांग्रेसको विशेष महाविशनको पक्षमा खुलेका थिए। दुवै नयाँ अनुहारका युवालाई टिकट दिएपछि पाल्पामा पटक पटक काङ्ग्रेसले गुमाएको साख फर्किने चर्चा हुन थालेको छ।


