Shittalpati
आज तेल लगाउने र नीमको पात खाने दिन

पाल्पा, आज परेको तेल लगाउने र निमको पात खाने दिन हो । पुरातन सामाजिक मूल्य मान्यताका अनुसार एक संवतलाई बिदा गरी अर्को संवतलाई स्वागत गर्नुपूर्व शरिरमा तेल लगाएर निमका पात चपाउने प्रचलन रहेको छ ।

 शरिर, कपाल आदि स्थानमा तेल लगाउँदा चोखो भइने जनविश्वास नेपाली समाजमा कायमै छ ।“निम छालासम्बन्धी रोग मात्र नभई भित्री शरीरका विभिन्न अंगहरु जस्तै मृगौला,मुटु,रगत लगायतलाई स्वस्थ राख्न सघाउ पुर्‍याउने बुटी भएको बताइएको छ । तेल लगाउँदा मानव शरीरको बाहिरी भाग स्वस्थ रहने प्रमाणित समेत भएको छ । विगतका वर्ष जे जसरी बितेपनि नयाँ वर्ष स्वास्थ्य र सुखद तरिकाले बितोस् भनेर तेल लगाइने जानकारहरु बताउँछन् । यता, नयाँ वर्षलाई स्वागत गर्न निमपत्ता चपाउनुका पनि धार्मिक र वैज्ञानिक दुवै कारण रहेका छन् । निमका पात चपाएर विगतका तीता पल बिर्सने र आगामी दिनमा मिठास् ल्याउने पुरातन मान्यता छ । आजका दिन निमका पात पुराना कमिकमजोरी तीतो पनका रुपमा निलिने जनविश्वास छ । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नीम प्राचिनकालदेखि नै एउटा आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आइरहेको छ । यो स्वास्थ्यको लागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालका लागि अत्यन्तै फाइदाजनक औषधि हो ।

नीमको जुसले अनुहार तथा शरीरको छालाको र· निखार्नमा विशेष भूमिका खेल्दछ । नीमको पातहरूको रस र सुद्ध महलाई दुई भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले असाध्यै फाइदा गर्दछ । यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्री र बाहिरी दुवै तर्फ स्वास्थ्यकर हुने जनविश्वास र प्रमाणित मान्यता छ । पौराणिक कालदेखि नै नीमको रुख, यसको फाइदा अनि यस्का बहु प्रयोगका अनेक किस्सा र आयुर्वेदीय दृष्टान्तहरू पाइन्छ । नीमको पात खानाले पेटका रोगहरू हरण हुने र तेल लगाउनाले शरीर थप मजबुत हुने र मुलायम हुने विश्वास छ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update