Shittalpati
 रामनवमी पर्वको महत्व

राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ। यो दिनलाई भगवान् श्रीराम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नव रात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्रीराम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्री रामले दानवीय प्रवृत्तिका रावणको अन्त्यगरी जनकल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ । हिन्दू धर्मावलम्बीहरू  रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी  राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । 
    हिन्दुधर्ममा यो पर्वलाई अति महत्वपूर्ण पर्वको रुपमा लिने ग िरन्छ । यो पर्व भगवान्  रामको जन्म दिवसको रुपमा मनाइन्छ, जसको जीवन  र शिक्षाले संसारलाई सत्य, धर्म  र नीति पालना गर्न प्रेरित गरेको छ । नेपालमा विशेषगरी हिन्दु समुदायमा यो पर्व अत्यन्त श्रद्धासँग मनाइन्छ  र विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिहरुको माध्यमबाट भगवान्  रामको जीवन  र शिक्षाको महिमा गरिएको हुन्छ । रामनवमी पर्वको जिज्ञासु  र धार्मिक महत्वलाई मध्यनज र गर्दै यस दिनको पर्व नेपालमा विशेष धुमधामका साथ मनाइन्छ । विशेषगरी, जनकपुर सहरमा जहाँ माता सीताको जन्मस्थान  रहेको मानिन्छ त्यहाँ यो पर्व अत्यन्त उल्लास  र धुमधामका साथ मनाइन्छ ।
    श्री राम एक असल स्वभाव  र मर्यादा पुरुषोत्तमका रूपमा यो संसा रमा जन्म लिएका थिए । आजसम्म पनि पृथ्वी भरमा यिनको नाम अमर भएको छ । यिनले असत्यताको अन्धकार माथि सत्य अनि मर्यादाको उज्यालोको ज्योति विश्वभरि फैलाएका छन् । यो पर्वले धार्मिक महत्व  मात्रै  राख्दैन, यसले नेपाली समाजको सांस्कृतिक महत्वलाई पनि उजागर गर्छ । यो पर्वले समाजमा सामाजिक एकता, सद्भाव  र मेलमिलापलाई प्रवद्र्धन गर्दछ । नेपालका विभिन्न समुदायका मानिसहरु  रामनवमीमा सहभागी भए र एकजुट हुँदै धर्मको पालन गर्नका लागि प्रेरित हुन्छन् । यसले हिन्दुधर्मका साम्प्रदायिक  र सांस्कृतिक पक्षलाई सुरक्षित  राख्नका लागि महत्वपूर्ण भूमिका खेल्छ । नेपालको धार्मिक  र सांस्कृतिक परम्परामा  रामनवमीको पर्वले विशेष स्थान  राख्छ,  र यस दिनको पूजा तथा अनुष्ठानले समाजमा एकता, सद्भाव  र शान्तिको स्थापना गर्न मद्दत पुर्‍याउँछ । 


 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update