नवजनचेतना राष्ट्रिय दैनिक २०७८ माघ २६ गते बुधबार
बुधबार, माघ २६, २०७८
लुम्बिनी सरकारद्वारा कार्यविधि स्वीकृत
मंगलबार, माघ २५, २०७८
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी सङ्गठन संरचना र दरबन्दी २०७९ असारसम्मका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बढ्दो आयात रोकौं
मंगलबार, माघ २५, २०७८
नेपाल कृषि प्रधान देश भए पनि परनिर्भरता भने बढ्दो छ । बाहिरी देशमा उब्जिएका खाद्यान्न, तरकारीदेखि मरमसलासम्मले नेपालीका भान्छामा रजगज गरिरहेका छन् । तर, नेपालले भने कृषि प्रधान देशको राग अलाप्न छोडेको छैन । सरकारले कृषि उत्पादन बढाउने कार्यक्रम हरेक वर्ष घोषणा गर्छ, तर झन्–झन् कृषिजन्य वस्तुको आयात बढिरहेको छ ...
गुल्मीमा आलोपालो सेवा सुरू
सोमबार, माघ २४, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीले आइतबारबाट स्थानीय तहगत रुपमा आलोपालो सेवा सुरु गरेको छ । गत माघ ११ गते कर्मचारीमा कोरोना संक्रमण देखिएर बन्द रहेको प्रशासनले स्थानीय तहगत रुपमा आलोपालो सेवा सुरु गरेको हो ।
कुनै बहानामा चुनाव नधकेलियोस्
सोमबार, माघ २४, २०७८
सरकारले जेठ भित्रै स्थानीय तहको निर्वाचन गर्न सहमत जनाए पनि मिति भने तोकेको छैन । समयमै चुनाव गर्न र स्थानीय तहलाई जनप्रतिनिधि विहीन नबनाउन चौतर्फी दबाब परेपछि सरकार निर्वाचन आयोगको नयाँ प्रस्ताव बमोजिमै जेठमा चुनाव गराउन सहमत भएको हो । तर मिति तोक्ने विषयमा भने सरकार आलटाल गरेको छ ।
सरस्वती पूजा र यसको महत्व
आइतबार, माघ २३, २०७८
आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज देशविदेशमा निष्ठापूर्वक र उल्लासमय तरिकाले मनाइँदैछ । हामीकहाँ बर्षभर मूख्य तीन देवीको पूजा गरिन्छ । लक्ष्मी, दुर्गा र सरस्वती ।
स्थानीय निर्वाचन अपरिहार्य
सोमबार, माघ १७, २०७८
सरकार घटकदलहरु बीचको सहमति पछि स्थानीय निर्वाचन अगामी २०७९ साल जेठ भित्र गर्ने विषयमा सहमतिको वातावरण बनेपछि केही सकारात्मक वातावरण वनेको महशुस गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन निर्धारित समयमै गर्ने अठौट गरेपछि देखिएको सकारात्मक माहोलले सरकारका लागि थप उर्जाको वातावरण तयार भएको पनि चर्चा चल्न थालेको छ ...