नवजनचेतना राष्ट्रिय दैनिक २०७८ फागुन १६ गते सोमबार
सोमबार, फागुन १६, २०७८
एमसीसी प्रकरण : भ्रम र वास्तविकता
आइतबार, फागुन १५, २०७८
सडकदेखि सदन हुँदै चिया– पसलसम्म अमेरिकी सहयोग परियोजना एमसीसीको बहसले तातेको छ । यस परियोजनाको सवालमा सबै दलका नेता अनविज्ञ छैनन् ।
विरोधमा चरनात्मकता आवश्यक
शुक्रबार, फागुन १३, २०७८
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी विवाद उत्कर्षमा पुग्दा नेपालको राजनीतिमा अचम्मका दृश्यहरू देखिन थालेका छन् । एमसीसी पास गर्न नहुने तर्क गरिरहेका दलहरू सडकमै उत्रिएर प्रदर्शन गरिरहेका छन् । वर्तमान सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सडकदेखि सदन र सरकारसम्म एमसीसीको विरोध गरिरहेका छन् ...
नैतिकता नगुमाऊ
बिहीबार, फागुन १२, २०७८
राष्ट्रिय चर्चाको विषयमा रहेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोगसम्बन्धी प्रस्ताव अनुमोदनका लागि प्रतिनिधि सभाको बैठकमा टेबुल भएको छ । सत्तारुढ दलहरूबीचको लामो छलफल, मतभेद, वादविवाद बीच यो प्रस्ताव टेबल भएको हो । बाहिर मात्र बहस, छलफल र केही विरोध समेत भएको एमसीसी विधायिकामा पुगेपछि संसदीय प्रक्रियाअनुरूप अगाडि बढ्नेछ ।
इन्धन मूल्यवृद्धि गलत
मंगलबार, फागुन १०, २०७८
नेपाल आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मटितेलमा ३/३ रुपैयाँ बढेको हो । बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै उच्च हो । निगमले माघ १८ गते मूल्य समायोजन गर्दा पनि खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च थियो ।
प्रजातन्त्र दिवसको सार्थकता
शनिबार, फागुन ७, २०७८
आज प्रजातन्त्र दिवस, जहानीय हुकुमी शासन अन्त्य भएको दिन । १ सय ४ वर्ष लामो राणा शासनको अत्य गर्ने क्रममा आफु सहिद भएर पनि देशमा प्रजातन्त्र ल्याउँने कार्यमा अग्रसर अमर सहिदहरु प्रति श्रद्धासुमन । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा समाहित हुँदै गर्दा मुलुक अहिले आएर अत्यन्तै राजनैतिक गम्भीर अवस्थाबाट गुज्रिरहेको अवस्था...
स्वस्थानीको समाप्ति र शिक्षा
बिहीबार, फागुन ५, २०७८
पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन बुधबार विधिवत रुपमा सकिएको छ । हरेक वर्ष यसै समय अर्थात् पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ भई माघ शुक्लपूर्णिमासम्म हिन्दू धर्मावलम्बीले चोखो बसी घर–घरमा स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ ।