नवजनचेतना राष्ट्रिय दैनिक २०८२ साउन ११ गते आइतबार
आइतबार, साउन ११, २०८२
गर्मी बढेपछि बन्द हुन थाले विद्यालय
शनिबार, साउन १०, २०८२
गर्मी बढेपछि तराई क्षेत्रका विद्यालयहरु बन्द हुन थालेका छन् । रुपन्देही र कपिलवस्तुमा गर्मी बढेपछि विद्यालय बन्द गर्न थालिएको छ ।
महिनाभर मनाउने गुँला पर्व सुरु
शनिबार, साउन १०, २०८२
नेवार समुदायको बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व विहीबारदेखि सुरु भएको छ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व विधिवत् सुरु भएको हो ।
खाद्य सुरक्षामा चुनौती
शनिबार, साउन १०, २०८२
यो वर्ष नेपालका तराई मधेश र पहाडका केही जिल्लामा साउनको पहिलो साता बितिसक्दा पनि पर्याप्त पानी परेको छैन । मुख्य अन्नबाली धान रोपाइँका निम्ति जेठ अन्तिमदेखि नै पर्याप्त पानी आवश्यक हुन्छ । तर पनि पर्याप्त पानी पर्न सकेको छैन । किसान धान बाली लगाउन नपाउँदा तड्पिएका छन् । साउन दोस्रो...
खरिद प्रकरण अनुभूति : प्रशासन र राजनीति
बिहीबार, साउन ८, २०८२
स्थानीय सरकार जनताको दैनिक जीवनसँग सरोकार राख्ने जनताको सेवाकेन्द्रको रुपमा स्थापित सरकारको रुपमा रहेको हुन्छ । स्थानीय सरकारमा कार्यरत कर्मचारीले स्थानीय तहको भूगोल, राजनीतिक, सामाजिक र साँस्कृतिक संरचनालाई मध्यनजर गरेर कार्य सम्पादन गर्नुपर्ने हुन्छ ।
कालीगण्डकी करिडोर अन्तर्गतका दुई सडक हस्तान्तरण
बिहीबार, साउन ८, २०८२
कालीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) सडक योजना पाल्पाअन्तर्गतका दुई वटा सडक हस्तान्तरण गरिएको छ । करिडोर सडक योजनाले रानीमहल–अर्गली र पिपलडाँडा–गैंडाकोट सडकखण्ड सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको हो ।
स्मृतिमा वि.पि र पुष्पलाल
बिहीबार, साउन ८, २०८२
हाम्रो मुलुकका प्रजातान्त्रिक आन्दोलनका सुत्राधार भनिने दुई महान व्यक्तिलाई औपचारिक रुपमा स्मरण गर्ने दिनका रुपमा लिने दिन पनि लगातार दुई दिन पर्ने गरेका छन् ।
पुष्पलाललाई स्मरण गर्नुको सार्थकता
बिहीबार, साउन ८, २०८२
नेपाल कम्युनियष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको बुधबार स्मृति दिवस मनाइएको छ । नेपाली कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनका क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको स्मरण गर्दै नेकपा एमालेले उनको स्मरण गरेको हो ।
गथांमुगः र घण्टाकर्ण
बुधबार, साउन ७, २०८२
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि आजको दिन तानसेनको शितलपाटी, बसपार्क तथा नारायणटोलमा घण्टाकर्ण राखिएका छन् । आज यो बर्षको श्रावण कृष्ण चतुदर्शी ।
वि.पि.को स्मरण औपचारिकमै सिमित
बुधबार, साउन ७, २०८२
प्रजातान्त्रिक आन्दोलनका अग्रणी विचारक वि.पि. कोइरालाको ४३ औं स्मृति दिवस मंगलबार देशभर मनाइएको छ । नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिने, प्रजातन्त्र, राष्ट्रियता र समाजवादका चिन्तक बहुआयामिक व्यक्तित्व वि.पि.को विचार आजपर्यन्त उत्तिकै महत्वपूर्ण छ । कोइरालाको नामबाटै शुरु...

