Shittalpati
संसद् विघटनविरुद्ध पाल्पामा जसपाद्वारा विरोध प्रदर्शन
संसद् विघटनविरुद्ध पाल्पामा जसपाद्वारा विरोध प्रदर्शन संसद् विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) पाल्पाले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगमनकारी हर्कत भएको भन्दै त्यसको विरूद्ध बुधबार जसपाले विरोध प्रदर्शन गरेको हो ।
दाहाल संसदीय दलका नेतामा चयन
दाहाल संसदीय दलका नेतामा चयन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलका नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार बसेको सो पक्षका पूर्वसांसद् र सांसदको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर दाहाललाई चयन गरेको निवर्तमान सांसद देवप्रसाद गुरुङले जानकारी दिए ।
बुटवलमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु
बुटवलमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु बुटवलमा उपचाररत स्याङ्जाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।
आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या
आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो ।
माधव नेपाल अध्यक्ष बन्ने
माधव नेपाल अध्यक्ष बन्ने माधव कुमार नेपाल नेकपाको पार्टी अध्यक्ष बन्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्व समूहको केन्द्रीय कमिटीको बैठकले नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरी हटाउने निर्णय गरेसँगै नेपाल अध्यक्ष बन्ने भएका हुन् ।
पाल्पाका थप ३९ जना कोरोना मुक्त भए
पाल्पाका थप ३९ जना कोरोना मुक्त भए पाल्पामा थप ३९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार, सोमबार र मंगलबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३९ जना संक्रमितले कोरोना जितेका हुन् ।
मिलापत्रमै टुङ्गिन्छन् घरेलु हिंसाका घटना
मिलापत्रमै टुङ्गिन्छन् घरेलु हिंसाका घटना बागलुङमा अङ्ग्रेजी वर्षको पछिल्लो ११ महिनामा ४३ घरेलु हिंसाका घटना भएका छन् । मानव अधिकारवादी संस्थाले तयार पारेको तथ्याङ्कअनुसार घरेलु हिंसाको शिकार महिला तथा बालबालिकामा सबैभन्दा बढी हुने गरेका छन् । हिंसामा परेर उजूरी आएकामध्ये २६ घटनामा मिलापत्र भएको छ ।
पाल्पाको बगनासकालीमा एक युवा घरमै मृत भेटिए
पाल्पाको बगनासकालीमा एक युवा घरमै मृत भेटिए जिल्लाको बगनासकाली गाउँपालिका २ पोखराथोकमा एक युवा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । मंगलबार विहान पोखराथोकका २९ वर्षीय संजय पहारी घर अगाडि बलेन्द्रीमा मृत अवस्थामा फेला परेका हुन् ।
थप ७ सय ४२ जनामा कोरोना संक्रमण
थप ७ सय ४२ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ४ सय ४८ पुरुष र २ सय ९४ महिला गरी कूल ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको...
पाल्पामा संसद् विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन
पाल्पामा संसद् विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट भातृ संगठनहरुले संसद् विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै तरुण दल, महिला संघ, दलित संघ, नेविसंघ लगायतका संगठनहरुले तानसेनको आन्दोलन चोकमा पुत्ला दहन गरेका हुन् ।
‘विद्यार्थीहरुको  सिकाई उपलब्धी हासिल गर्न सबै एक जुट’
‘विद्यार्थीहरुको सिकाई उपलब्धी हासिल गर्न सबै एक जुट’ जिल्ला समन्य समिति पाल्पाका कार्यवाहक सभापति मीरा मरासीनीले विद्यार्थीहरुको सिकाई उपलब्धी हासिल गर्न सबै पक्ष एक जुट हुनुपर्ने बताएकी छन् । रुम टु रिड नेपाल र बेस नेपालले भर्चुअलमार्फत आयोजना गरेको साक्षरता कार्यक्रम हस्तान्तरणमा बोल्दै मरासीनीले विद्यार्थीहरुको सिकाई उपलब्धी हासिल गर्नका लागि शिक्षक, अभिभावक, स्थानीय सरकार, गैर सरकारी संस्था र...
सरकारले दूरगामी महत्वका काम गरेको छ :  प्रधानमन्त्री (पूर्ण पाठसहित)
सरकारले दूरगामी महत्वका काम गरेको छ : प्रधानमन्त्री (पूर्ण पाठसहित) प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद्लाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जाने’ भएकाले जनताको भावनानुसार काम गर्न अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिन नयाँ निर्वाचनको मिति तोकिएको बताएका छन् । देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनअनुमोदित नेकपाको वर्तमान सरकारलाई आफ्नै दलका नेताहरुले काम गर्न नदिने...
Weather Update