पाल्पामा गुड्दागुड्दैको प्लसर बाइकमा आगलागी !

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका १, आर्यभञ्याङ सडक खण्डमा गुड्दागुड्दैको प्लसर बाइकमा आगलागी भएको छ । आर्यभञ्याङबाट पिपलडाँडातर्फ जाँदै गरेको लु १३ प ४८२ नम्बरको मोटरसाइकलमा आज अचानक आगलागी भएको हो । गुडिरहेको मोटरसाइकल अचानक आगोलागी भएपछि पूर्ण रुपमा नष्ट भएको प्रहरी चौकी आर्यभञ्याङका प्रहरी सहायक निरीक्षक विनोद राज खत्रीले बताए ।
उनका अनुसार मोटसाइकलमा दुई जना सवार रहेको र उनीहरु सकुशल रहेका छन् । आर्यभञ्याङमा रहेको एक ग्यारेजमा बाइक मर्मत गरी हिडेपछि बाइकमा अचनाक आगोलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । आगोलाई प्रहरीले केही समयपछि निभाएको थियो । बाइकमा के कति कारणले आगोलागी भयो भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक खत्रीले बताए ।
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्