आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम हुँदै
शुक्रबार, फागुन ७, २०७७
पाल्पाको निस्दीमा नेकपाका १ सय २० कार्यकर्ता काँग्रेसमा प्रवेश
बिहीबार, फागुन ६, २०७७
पाल्पाको निस्दी गाउँपालिकामा नेकपाबाट काँग्रेस प्रवेश गर्नेको लर्को लागेको छ । नेकपाको पछिल्ला गतिविधिहरुबाट असन्तुष्टि जनाउदै निस्दीका युवाहरु काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ ।
प्रताप शमशेरको सम्झनामा पाल्पा दरबार संग्रहालयमा शालिक
बुधबार, फागुन ५, २०७७
पाल्पा दरवार संग्रहालय परिसरमा जनरल प्रताप शमशेर राणा (सानु राजा) को अर्धकतको शालिक अनावरण गरिएको छ । शालिकको लुम्बिनी प्रदेशका वन वातावरण तथा उधोग पर्यटनमन्त्री लीला गिरीले अनावरण गरे । हाल सग्रहालय रहेको पाल्पा दरवारको निर्माण जनरल प्रताप शमशेर राणाले गरेका थिए । दरवार निर्माणकर्ता राणाको सम्झनामा सर्वसाधारण तथा पर्यटकहरुको...
पाल्पा निस्दीका एक पुरुष घरमै मृत भेटिए
बुधबार, फागुन ५, २०७७
जिल्लाको निस्दी गाउँपालिकाका ३ झिरुवासका एक पुरुष घरमै मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार झिरुबासका २८ वर्षीय प्रेम बहादुर राना आफ्नै घरको सुत्ने कोठामा मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।
गुल्मीमा २८ सय बढीले लगाए कोरोना विरुद्धकोे खोप
बुधबार, फागुन ५, २०७७
गुल्मीमा २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएका छन् । पहिलो चरण र दोस्रो चरणमा लगाइएको तथ्याड्ढ अनुसार हालसम्म २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । पहिलो चरणको माघको १५ देखि सुरु गरिएको थियो ।
देशैभर सरस्वतीको पूजा गरी मनाइयो श्रीपञ्चमी
बुधबार, फागुन ५, २०७७
विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मंगलबार देशैभर श्रीपञ्चमी पर्व मनाइएको छ । माघ शुक्ल पञ्चमीको दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराएका छन् ।
स्याङ्जामा प्रथम आलु महोत्सव फागुन ७ देखि हुने
मंगलबार, फागुन ४, २०७७
स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव...
कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते
मंगलबार, फागुन ४, २०७७
बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् ।
पाल्पामा पनि सरकार विरुद्ध प्रदर्शन, ‘सरकारको अधिनायकवादी व्यवहारका विरुद्ध संघर्ष’
मंगलबार, फागुन ४, २०७७
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले वर्तमान सरकारले अधिनायकवादी चिन्तन र व्यवहार प्रदर्शन गर्न थालेपछि विरोधको संघर्षमा उत्रन बाध्य भएको बताएका छन् । काँग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा पाल्पाको तानसेनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पाण्डेले दुई तिहाईको दम्भ देखाएर सरकारले अधिनायकवाद चरित्र प्रदर्शन गरिरहेकाले काँग्रेस विरोधमा...


