आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै
मंगलबार, फागुन ४, २०७७
अस्पतालमा रिफर लिनेको भिड
मंगलबार, फागुन ४, २०७७
रिफर कार्ड लिनका पाल्पा अस्पताल लाईनमा बसेका विरामी र आफन्त । नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत फागुन १ गतेदेखि लागु हुने गरी अन्य अस्पतालका लागि सरकारी स्वास्थ्य संस्थाको रिफर अनिवार्य गराएपछि पाल्पा अस्पतालमा रिफर लिनेहरुको भिड बढेको छ ।
चन्द्र भण्डारीले भने ‘कम्युनिष्टहरु विकास र समाज विरोधी भए’
सोमबार, फागुन ३, २०७७
नेपाली काँग्रेसका केन्दीय सदस्य डा.चन्द्र भण्डारीले कम्युनिष्टहरु विकास र समाज विरोधी भएको बताएका छन् । काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा गुल्मीको तम्घासमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै भण्डारीलेयस्तो बताएका हुन् ।
पाल्पामा पनि काँग्रेसको सरकार विरुद्ध प्रदर्शन
सोमबार, फागुन ३, २०७७
प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रम गर्दै आएको नेपाली काँग्रेसले पाल्पा आज पनि विरोध प्रदर्शन गरेको छ । काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा पाल्पामा पनि गरेको हो । सिल्खानटोलस्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली टुडिँखेल, नाराणस्थान, तेस्रो सडक, हुँदै विशाल बजार पुगेर कोण...
अण्डा र झण्डा वितरण :
सोमबार, फागुन ३, २०७७
माथागढी गाउँपालिका २ रुप्सेका गर्भवती महिलालाई अण्डा र झण्डा वितरण गर्दै वडा अध्यक्ष जनक रिजेल र स्वास्थ्यचौकी प्रमुख यमबहादुर चिदी ।
बगनासकालीले बर्थिङ सेन्टर सहितको स्वास्थ्यचौकी भवन निर्माण गर्दै
सोमबार, फागुन ३, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाले आम नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बर्थिङ सेन्टर सहितका स्वास्थ्यचौकी भवन निर्माण गर्न थालेको छ । गाउँपालिका भित्र रहेका स्वास्थ्यचौकी भवनहरु आधुनिक र व्यवस्थित नहुँदा स्वास्थ्य सेवा प्रवाहमा असहज भइरहेका बेला गाउँपालिकाले आधुनिक भवन सहितका स्वास्थ्यचौकीहरु निर्माण गर्न लागेको हो ।
नेमकिपाको पुस्तक प्रदर्शनी
सोमबार, फागुन ३, २०७७
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफ्नो ४७ औं स्थापना दिवसको अवसरमा तानसेनको शित्तलपाटीमा राखेका पुस्तकहरुको अवलोकन गर्दै पाल्पालीहरु । पुस्तक प्रदर्शनीमा विभिन्न क्रान्तिकारी पुस्तक, मजदुर किसानका कुराहरु समेटिएका पुस्तक तथा पत्रपत्रिकाहरु र अन्तर्राष्ट्रियस्तरका पुस्तकहरु राखिएको थियो । प्रदर्शनीमा साहित्यकार, पत्रकार, मजदुर, विद्यार्थी, व्यवसायीहरुले अभिरुचीपूर्वक अवलोकन गरेका थिए ।
सरकारको असंवैधानिक कदमका विरुद्ध प्रजातान्त्रिक विचार समाजको ध्यानाकर्षण
आइतबार, फागुन २, २०७७
नेपाली काँग्रेस निकट प्रजातान्त्रिक विचार समाजले वर्तमान सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाजले सरकारका पछिल्ला कदमले कानुनी शासनको खिल्ली उडाएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
कोरोनाबाट विदेशमा दुई नेपालीको निधन
आइतबार, फागुन २, २०७७
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३ सय ३५ जना पुगेको छ ।
ओलीको आश्वासन : ‘बलात्कारी र हत्याका आरोपितलाई कारवाही गरेरै छाड्छौं’
शनिबार, फागुन १, २०७७
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्मला, भागरथीलगायतका बलात्कारी र हत्याका आरोपितहरूलाई कारबाही गरेरै छाड्ने आश्वासन दिएका छन् । नेकपा (ओली समूह) ले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महिला हिंसा, बलात्कार र हत्यामा संलग्न दोषीलाई पानीमुनि गए पनि नछोडिने र सजाय पनि कम नहुने आश्वासन...
पाल्पामा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढ्यो
शनिबार, फागुन १, २०७७
जिल्लामा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ पाल्पा र नेपाल डेरी एसोसिएसन पाल्पाको गत माघ २७ गते बसेको बैंठकले फागुन १ गतेदेखि लागुहुने गरी दुधको मूल्य बढाएको हो ।
प्राज्ञिक विद्यार्थी परिषद् लुम्बिनी प्रदेशको अध्यक्षमा रेग्मी
शनिबार, फागुन १, २०७७
प्राज्ञिक विद्यार्थी परिषद नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुष्कर राज रेग्मी निर्वाचित भएका छन् । परिषद्को तानसेनमा भएको दोस्रो प्रदेश अधिवेशनले रेग्मीलाई सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
प्रतिनिधिसभा विघटनका विरुद्ध पाल्पा काँग्रेसको सोमबार पुनःप्रदर्शन
शनिबार, फागुन १, २०७७
प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रम गर्दै आएको कांग्रेसले फागुन ३ गते पुनः विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला समिति पाल्पाको आयोजनामा शुक्रबार बसेको उपलब्ध पदाधिकारी, जिल्ला समितिका सदस्य तथा महासमिति, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरुको बैठकले प्रदर्शनलाई बृहद गराउने निर्णय गरेको...


